Nepal's No. 1 Digital Newspaper

लकडाउनका कारण शिशु मृत्युदर बढ्ने युनिसेफको चेतावनी

१ जेठ, काठमाडौं । संयुक्त राष्ट्र संघले आगामी ६ महिनाकाे अवधिमा नेपालमा मात्र चार हजार भन्दा बढी शिशुकाे मृत्यु हुनसक्ने चेतावनी दिएको छ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि गरिएको लकडाउनको कारण यस्तो अवस्था आउन सक्ने संघले गरेकाे एक अध्ययनमा देखिएकाे छ। 

संघका अनुसार, लकडाउनले सबै भन्दा बढी असर निम्न र मध्यम वर्गका मानिसहरुमा पारेको छ। लकडाउनको कारण स्वास्थ्य सेवामा कटौती र गर्भपतनको संख्या वृद्धि हुने भएकोले विश्वभर १२ लाख शिशुको मृत्यु हुनसक्ने युनिसेफले जनाएको छ। 

Order Now: 98510-87891

दक्षिण एसियामा युनिसेफले गरेको एक अध्ययन अनुसार, आगामी ६ महिनाको समयमा गर्भमा भएका र पाँच वर्ष भन्दा कम उमेरको शिशु मृत्युदर लाखौँको संख्यामा हुनेछ। यो दशककै पहिलो घटना हुनेछ।

युनिसेफका क्षेत्रिय निर्देशक जीन गफ भन्छन् ‘हामीले दक्षिण एसियाका आमा, गर्भवती महिला र बच्चाहरूलाई कुनै पनि हालतमा रक्षा गर्नुपर्दछ।’ त्यसको लागि बाल स्वास्थ्य र पोषण सेवा परिवारहरूको लागि उपलब्ध गराउनु आवश्यक रहेको युनिसेफका क्षेत्रिय स्वास्थ्य सल्लाहकार पौल रुटर बताउँछन्।

अधिकांश दक्षिण एसियाली देशमा स्वास्थ्य सेवा पहिलेदेखि नै समस्याग्रस्त अवस्थाबाट गुज्रिरहेको छ।
(एजेन्सीको सहयोगमा)

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.