Nepal's No. 1 Digital Newspaper

जिल्ला भित्र सवारी चलाउने पास पनि खारेज गर्ने निर्णय : गृह

१ जेठ, काठमाडौं । गृह मन्त्रालयले जिल्लाभित्र सवारी सञ्चालन गर्न दिइएको पास पनि खारेज गर्ने निर्णय गरेको छ ।

गृहमा बिहीबार बसेको बैठकले जिल्ला भित्र लागू हुने गरी प्रशासनले वितरण गरेको पास पनि खारेज गर्ने निर्णय गरेको हो ।

Order Now: 98510-87891

गृह मन्त्रालयका उप–सचिव उमाकान्त अधिकारीले भने ‘शनिबारबाट लागू हुने गरी यो निर्णय गरेका हौं ।’

यसअघि गृहले एक जिल्लाबाट अर्को जिल्ला हिँड्ने गरी वितरण भएका सबै पास बिहीबारबाट खारेज गरिसकेको छ । सवारी पास लिएका हिँडेका व्यक्तिमा पनि कोरोनाको संक्रमण देखिन थालेपछि गृहले थप कठोर बन्ने निर्णय गरेको अधिकारीहरू बताउँछन् ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.