Nepal's No. 1 Digital Newspaper

सुगौली सन्धिको सक्कल प्रति दिल्ली छ ! की लण्डनमा ?

१ जेठ, काठमाडौँ । नेपाली राजनीतिक इतिहासका दुई मुख्य सन्धीहरु सन् १८१६ को सुगौली सन्धी र सन् १९५० को भारतसँगको शान्ति तथा मैत्री सन्धी हराएको कुरा बेलाबेला चर्चा भैरन्छ । नेपाल राज्यको कुटनीति र इतिहासका मुख्य दुई दस्तावेज कहाँ छन् भन्ने त थाहा छैन तर नेपालमा छैनन् भन्ने पक्का छ ।

जबजब भारतसँग विवाद हुन्छन् तब संसदमा र सडकमा सुगौली सन्धीको सक्कली कागजको खोजी हुन्छ । सन् २०१६ मा दुई देशका विज्ञ समूह ‘प्रबुद्ध व्यक्ति समूह’ निर्माण भएको थियो भारतसितको १९५०को सन्धी पुनरावलोकन गर्दा यी कागज नेपालका अभिलेखालयमा पाइएनन् । प्रबुद्ध समूहलाई हेर्न पनि फोटोकपि मात्रै उपलब्ध गराइएको थियो ।

धेरैले भन्दैछन्, ‘सुगौली सन्धिको आधारमा कालापानी क्षेत्रसहित कालीनदी पूर्व नेपाल हो भन्ने प्रमाण हामीसँग छ ।’ तर एउटा प्रमुख सवाल अनुत्तरित छ, कहाँ छ सुगौली सन्धीको ‘ओरिजिनल कपि’ ?

Order Now: 98510-87891

पूर्व गृहमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले आज मात्रै एउटा टेलिभिजनमा भनेका छन्, ‘यी सन्धीको वैधता रणनीतिक हुन्छ र यी सन्धी हाम्रो महत्वपूर्ण दस्तावेज हुन् । हामीसँग नभए ब्रिटिस लाइब्रेरीमा होला तर छ ।’

नेपालको संसदीय समितिले खोज्दा नेपालका यी दुवै कागज भेटिएका थिएनन् । नयाँ मन्त्रीहरुले राजाले पो सक्कलप्रति लगेकी चन्ने आशङ्का गर्छन् ।

परराष्ट्र मन्त्रालय, कानून मन्त्रालय, अभिलेखालय सबैतिर हेरेको तर सबै सम्भावित ठाँउमा खोजे पनि नपाएको संसदीय समितिले बताउँछ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि आफू मन्त्रालय सम्हाल्दा ती कागज कहाँ छन् भन्ने थाहा पाउन नसकेको बताएका थिए ।

कसैले परराष्ट्र मन्त्रालयको कार्यालय सार्दा हराएको हुन सक्ने वा एताउति भएको हुनसक्ने भन्छन तर धेरै सीमा र इतिहासका अध्येता भने सन् १९५० को सन्धीको सक्कलप्रति भारतसँग र सन् १८१६ को सुगौलीसन्धी लण्डनमा रहेको बताइन्छ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.