Nepal's No. 1 Digital Newspaper

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षण गराउनको भिड : मिडिया-पत्रकार, अदालतका कर्मचारीहरु,’घरभाडामा बस्नेहरु, कैदी बन्दीहरु

१ जेठ, काठमाडौँ । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा तीन दिनयता कोरोना परीक्षण गराउन आउनेको संख्या बढेको छ।

बुधबार मात्रै पाँचसयको हाराहारीमा कोराना परीक्षण गराइएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले जनाएको छ। बुधबार ५ सयभन्दा बढी कोरोना परीक्षणका लागि स्वाब दिन आएको अस्तपालका निर्देशक डा. सागरकुमार राजभण्डारीले बताए।

‘आज बिहानैदेखि परीक्षण गर्न आउनेको संख्या बढिरहेको छ,’ थाहाखबरसँग राजभण्डारीले भने,’ दिनभरमा यही अनुसार जाने हो भने ६ सयभन्दा बढी हुन्छ।’ उनका अनुसार ३ सयभन्दा बढीको स्वाब संकलन गरिसकिएको छ।

Order Now: 98510-87891

काठमाडौंका मिडिया हाउसमा  काम गर्ने पत्रकारसमेत परीक्षणको लागि आउन थाले, अदालतका कर्मचारीहरु, ‘घरभाडामा बस्नेहरु, कैदी बन्दीहरुको परीक्षण गरिएको छ।

बाहिरी जिल्लाका अस्पतालमा काम गर्ने कर्मचारीहरु बढी मात्रामा परीक्षण गर्न आइरहेको उनले जानकारी दिए। त्रिवि शिक्षण अस्पतालमा पनि संक्रमित देखिएकोले अझ बढी परीक्षण गर्न आउनेको चाप बढ्ने उनले बताए।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.