Nepal's No. 1 Digital Newspaper

युरोपियन तेक्वान्दो च्याम्पियनसिपमा कमललाई स्वर्ण

१ जेठ, काठमाडौँ । प्रथम खुला अनलाइन डेडो युरोपियन तेक्वान्दो पुम्से च्याम्पियसिपमा नेपालका कमल श्रेष्ठले स्वर्ण जितेका छन् ।

उनले ३० वर्षमुनिको उमेर समूहमा पुरुषतर्फ स्वार्ण जितेका हुन् ।सोही समूहमा नेपाललका जितबहादुर बोटेले रजत जित्दा प्रेमबहादुर लिम्बूले कास्य पदक हात पारेका छन् । कमलले ७ दशमलव ६७ स्कोरका साथ स्वर्ण जितेका हुन् । जितबहादुरले ७ दशमलव ५४ र प्रेमबहादुरले ७ दशमलव ५० अंकका साथ तेस्रो भए ।

Order Now: 98510-87891

३० वर्षमुनिको उमेर समूहमा महिलातर्फ प्रविता गुरुङले रजत जितेकी छन् । उनले ७ दशमलव ३ अंकका साथ दोस्रो स्थान हाल पारेकी हुन् । सोही स्पर्धामा अमेरिकाका करिना बेलिसेनाले ७ दशमलव ३२ अंकका साथ स्वर्ण पदक जितेकी थिइन् ।

जर्मनीमा मे ४ देखि सञ्चालन भएको प्रतियोगितामा नेपालबाट पाँच खेलाडीले सहभागीता जनाएको थिए । कमल, जितबहादुर र प्रेमबहादुर नेपालमा आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी हुन् ।

वर्तमान अवस्थानमा विश्वभर महामारीका रूपमा फैलिएको कोराना भाइरसका करण खेलाडी प्रतियोगिताविहीन भएका बेला विभिन्न राष्ट्रमा विभिन्न विधाका अनलाइन प्रतियोगिताको आयोजना गरिँदै आएका छन् ।

प्रतियोगितामा अनलाइनबाटै विभिन्न ७२ देशहरूका एक हजार २५४ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.