Nepal's No. 1 Digital Newspaper

अमेरिकाको आरोप–चीनले कोरोना अनुसन्धानको डाटा चोर्ने प्रयास गर्दैछ

एजेन्सी । अमेरिकाले चीनले कोरोना भाइरसविरुद्धको खोपको अनुसन्धान रिपोर्ट ह्याक गर्ने कोशिस गरिरहेको आरोप लगाएको छ ।

अमेरिकी सुरक्षा एजेन्सी डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी र संघीय जाँच एजेन्सी (एफबीआई) ले विज्ञप्ति जारी गर्दै चीनले अनुसन्धान रिपोर्टको तथ्यांक जोरी गर्ने कोशिस गरेको अरोप लगाएका हुन् । 

विज्ञप्तिमा अमेरिकी अनुसन्धान एजेन्सीहरुले कोरोनाबारे गरेका अनुसन्धानको तथ्यांक चीनले साइबर हमला गरेर चोर्न खोजेको आरोप लगाइएको छ । अमेरिकाले यो गम्भीर खतरा भएको टिप्पणी समेत गरेको छ । 

Order Now: 98510-87891

एफबीआई र डीएचएसको साइबर ब्युरो सीआइएसएले भनेको छ, ‘अमेरिकाका जुन संस्थामा कोरोनाबारे अनुसन्धान भइरहेको छ, त्यहाँ चीनको नजर रहेको छ । हेल्थकेयर, फर्मास्युटिकल र रिसर्च क्षेत्रमा कोभिड–१९ बारे काम भइरहेको छ । तर चीनको नजर यसमा रहेको र साइबल हमलाका माध्यमबाट चोर्नसक्ने कुरामा सचेत हुनुपर्छ ।’

अमेरिकाले यसअघि नै चीनले कोरोना भाइरसको महामारीको फाइदा उठाउने कोशिस गरिरहेको आरोप लगाएको थियो । अमेरिकाले साइबर हमला गर्न लागेको चीनमाथि आरोप लगाएपनि त्यसबारे कुनै प्रमाण दिन सकेको छैन । 

चीन आफैंले कोरोना भाइरसको खोप पत्ता लगाउनका लागि अनुसन्धानमा ठूलो लगानी गरिरहेको छ । अमेरिकाले तथ्यांक चोर्न खोजेको भन्दै लगाएको आरोप दुई देशबीच चल्दै आएको आरोप प्रत्यारोपको शृंखला मानिएको छ । 

ट्रम्प प्रशासनले चीनमा कोरोना भाइरसबारे सूचना लुकाएको र पारदर्शिता नदेखाएको आरोप लगाउँदै आएको छ । जसलाई चीनले पटक पटक खण्डन गर्दै आएको छ । 
 

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.