Nepal's No. 1 Digital Newspaper

आज थप ५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या २ सय ५० पुग्यो

१ जेठ, काठमाडौँ । नेपालमा आज थप ५ जनामा कोरोना संक्रमण देखिएको छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सर्लाही धान्कौल नगरापलिकाका ४५ वर्षीय पुरुष, धनुषाको जनकपुर नगरपालिकाका ४० वर्षीय पुरुष, मिथिला नगरपालिकाकी २० वर्षीया महिला, महोत्तरी जलेश्वर नगरपालिकाका १६ वर्षीय र बलवा नगरपालिकाका ३५ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।  

थपिएका संक्रमित मध्ये चारजना पुरुष र एकजना महिला हुन् । उनीहरुको स्वाब परीक्षण राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, काठमाडौंमा गरिएको थियो । उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए । 

Order Now: 98510-87891

यो सँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ सय ५० पुगेको छ ।

बिहीबार बिहान मात्रै कपिलवस्तु र काठमाडौंका दुई जनामा पनि संक्रमण भएको पुष्टि भएको थियो ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.