Nepal's No. 1 Digital Newspaper

नेपालमा २६ सहित २४ २४ घण्टामा साढे ८७ हजार कोरोना संक्रमित थपिए, अमेरिकामा २४ घण्टामा १ हजार ७४७ संक्रमितको मृत्यु

संक्रमितको संख्या ४४ लाख नाघ्यो

१ जेठ, काठमाडौं । विश्वका २१५ देशमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिने क्रम रोकिएको छैन । संक्रमणको जोखिम न्यूनिकरणका लागि विश्वका धेरै देशमा सामाजिक दूरी कायम गर्ने नियम लागु गरिए पनि संक्रण फैलिने क्रम भने रोकिएको छैन ।

पछिल्लो २४ घण्टामा विश्वभर ८७ हजार ४०२ कोरोना संक्रमित थपिएका छन् । सबैभन्दा धेरै अमेरिकामा २१ हजार १३७ नयाँ संक्रमितको पहिचान भएको छ । यो सँगै अमेरिकामा कोरोना संक्रमितको संख्या १४ लाख २९ हजार नाघेको छ ।

पछिल्लो २४ घण्टामा अमेरिका पछि सबैभन्दा धेरै ब्राजिलमा ११ हजार ५५५ नयाँ संक्रमित भेटिएका छन् । रुसमा नयाँ १० हजार २८ मा कोरोना पुष्टि भएको छ ।

Order Now: 98510-87891

नेपालमा बुधबार एकै दिन २६ जना कोरोना संक्रमित थपिएका छन् । अब नेपालमा कोरोना संक्रमितको संख्या २४३ पुगेको छ । ३५ जना निको भएर घर फर्कीसकेका स्वास्थ्य मन्त्रालयले जनाएको छ । उपचाररत सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ । २४५ जना आइसोलेसनमा स्वास्थ्यकर्मीको निग्रानीमा रहेका र उनीहरुको परीक्षण भइरहेको छ ।

अमेरिका पछि सबैभन्दा धेरै ब्राजिलमा ७५४, बेलायतमा ४९४ कोरोना संक्रमितको ज्यान गएको छ । विश्वका २१५ देशमा फैलिएको संक्रमणका कारण हालसम्म २ लाख ९७ हजार ७१२ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

विश्वका २१५ देशमा गरी संक्रमितको संख्या ४४ लाख २४ हजार ८३९ पुगेको छ । हालसम्म १६ लाख ५५ हजार १८८ संक्रमित निको भएर घर फर्किसकेका छन् ।

२४ लाख ७१ हजार ९३९ संक्रमितको उपचार भइरहेको छ । उपचाररत मध्ये ४५ हजार ९२९ कोरोना संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।

हालसम्म २ लाख ९७ हजार ७१२ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

संक्रमित थपिने र मृत्यु हुने क्रम नरोकिए पनि यसको औषधि भने अझै पत्ता लागेको छैन । अमेरिकाका संक्रामक रोग विशेषक्ष डा. एन्थोनी फाउचीले कोरोना नियन्त्रणका लागि तत्काल खोपको सम्धावना नरहेको बताएका छन् ।

फाउचीले कोरोना नियन्त्रणका लागि खोपको विकास गर्ने प्रयास भइरहेको तर यो खोप प्रभावकारी हुन्छ अथवा हुँदैन कुनै ग्यारेन्टी नरहेको बताएका छन् ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.