Nepal's No. 1 Digital Newspaper

मध्यपुरथिमि: औषधि पसल विहान ९ बजेसम्म, सडक बन्द

अपरिचितलाई बस्न दिए घरधनीलाई कारबाही

३१ वैशाख, काठमाडौँ । दुई जनामा कोरोना भाइरसको संक्रमण देखिएपछि मध्यपुरथिमि नगरपालिका जाने सडक बन्द गरिएको छ। मुख्य दुईवटा सडकबाहेक सबै सडक बन्द गरिएको हो ।
अरनिको राजमार्ग खण्ड र पेप्सिकोला सानोठिमी हुँदै भक्तपुर जाने सडकबाहेक नगरपालिकाभित्रका अन्य सम्पूर्ण सडक बन्द गरिएको हो।

यसैबीच, नगरपालिकालको बुधवार आकस्मिकरुपमा बसेको कार्यपालिका बैठकले लकडाउनलाई कडाइ गर्नुका साथै सडक, पसल पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको हो। मध्यपुरथिमि नगरपालिकाले नगरभित्रका नागरिकलाई जिल्ला बाहिरबाट आएका कोही पनि व्यक्तिलाई बस्न नदिन निर्देशन समेत जारी गरेको छ।

Order Now: 98510-87891

बुधबार बसेको नगरस्तरीय बैठकले औषधि पसल, खाद्यान्न पसललगायत अत्यावश्यक वस्तुका पसल पनि विहान ९ बजेसम्म मात्र खोल्न पाउने निर्णय गरेको हो ।

मेयर मदन सुन्दर श्रेष्ठले विज्ञप्ति निकालेर अत्यावश्यकबाहेक अरु पसल भने अनिवार्य बन्द गर्नुपर्ने बताएका छन् ।

नगरपालिकामा मंगलबार एक युवतीमा कोरोना संक्रमण भएको पाइएपछि संक्रमण फैलिन नदिन भन्दै कडाइ गरिएको हो ।

कोरोना परीक्षण नगरी बसेका व्यक्तिमा पछि कोरोना भएको पुष्टि भएमा घरधनीलाई नगरपालिकाले कारबाही गर्ने भएको छ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.