Nepal's No. 1 Digital Newspaper

कपिलवस्तुमा संक्रमितको संख्या ३०, लकडाउनका बेला भारतबाट २९ जना प्रवेश

३१ वैशाख, कपिलवस्तु कपिलवस्तुमा पुनः एक जना नयाँ संक्रमित थपिएका छन् । यससंगै जिल्लामा संक्रमितको संख्या ३० पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिउँसो निकालको बिज्ञप्ती अनुसार फेला परेको संक्रमित कपिलवस्तु नगरपालिका २२ बर्षीय पुरुष हुन ।

उनी नगरपालिकाको वडा नम्बर ४ का बासिन्दा रहेको प्रहरीले जनाएको छ । यससंगै कपिलवस्तु नगरपालिकामा मात्र संक्रमितको संख्या ९ पुगेको छ ।

Order Now: 98510-87891

बुधवार मात्र सोही नगरपालिकाका ७ पुरुष र कपिलवस्तु अस्पतालमा कार्यरत एक स्टाफ नर्स संक्रमित पाइएको थियो ।

अहिले भेटिएका संक्रमित पनि बुद्धपद उमाविको क्वारेन्टाइनमा छन । उनी भारतको महाराष्ट्रबाट बैशाखको तेश्रो साता लकडाउनको बेला चोर नाका हुँदै फर्केका हुन ।

गत बैशाख २७ गते भारतका बिभिन्न शहरबाट फर्केर चोर नाका हुँदै नगरपालिका आएर क्वारेन्टाइनमा बसेका १ सय ३ जनाको स्वाब संकलन गरी पठाईएको थियो ।

त्यसमध्ये अहिलेसम्म नौ जना संक्रमित भेटिएको नगरपालिकाका स्वास्थ्य संयोजक उमेश गुप्ताले जानकारी दिनुभयो । भेटिएका संक्रमितमा कोरोनाको कुनै लक्षण नदेखिएको र अवस्था सामान्य रहेको उहाँको भनाइ छ ।

संक्रमितको कन्ट्याक्ट टे«सिङ र ट्राभल हिस्ट्री पत्ता लागउने कार्य जारी राखिएको छ । मंगलबार भेटिएका ७ संक्रमितलाई बुटवलस्थित कोरोना बिशेष अस्पतालमा लगिएको र स्टाफ नर्सलाई कपिलवस्तु अस्पतालको आईसोलेनमा राखी उपचार भइरहेको पनि गुप्ताले बताउनुभयो ।

कपिलवस्तुमा भेटिएका ३० संक्रमित मध्ये २९ जना नै भारतको महाराष्ट्रका बिभिन्न शहरबाट चोर नाका हुदै आएका ब्यक्ति रहेको स्वास्थ्य कार्यालयका प्रमुख यागेन्द्र भगतले बताउनुभयो ।

अहिलेसम्म पीसीआरका लागि जिल्लाबाट ६ सय ६२ जनाको स्वाब संकलन गरी पठाइएकोमा ४ सय ७६ जनाको नतिजा आएको छ । जसमध्ये ३० जना संक्रमति भेटिएका छन । १ सय ८६ जनाको रिपोर्ट अझै आउन बाकी छ ।

यशोधरा गाउँपालिकामा १२, मायादेबीमा ४, बुद्धभूमि नगरपालिकामा २ र शुद्धोधन गाउँपालिकामा एकजना संक्रमित भेटिएका छन । संक्रमितको संख्या बढेसंगै जिल्लामा गत बैशाख २९ देखि जेठ ५ गते सम्मका लागि जिल्लालाई सिल गरिएको छ ।

यस्तै लकडानउनमा कडाइ, सीमानाकामा थप निगरानी र जिल्लामा उच्च सतर्कता अपनाइएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले बताउनुभयो ।

उता भारतले रेल सेवा सञ्चालन गरेसंगै भारतबाट लुकीछिपी आउनेक्रम झैं थपिएपछि नेपालमा कोरोनाको उच्च जोखिम बढेको छ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.