Nepal's No. 1 Digital Newspaper

स्पेनिस फ्लु जितेकी ११३ वर्षीया मारियाले जितिन कोरोना पनि

३१ वैशाख, काठमाडौँ । अधिकारीहरूले स्पेनका सबैभन्दा बढी उमेरकी महिला कोरोनाभाइरसको सङ्क्रमणबाट मुक्त हुनुभएको बताएका छन् । कोरोनामुक्त भएकी वृद्ध ११३ वर्षीया हुनुहुन्छ ।

मार्च महिनामा स्पेन लकडाउनमा जाँदा मारिया ब्रान्यासमा कोभिड–१९ को सङ्क्रमणको पुष्टि भयो । सामान्य लक्षण मात्रै देखिएको ब्रान्यासलाई आइसोलेशनमा राखिएको केही सातापछि निको हुनुभयो ।

उहाँले सन् १९१८–१९ को स्पेनिस फ्लुको महामारी र १९३६–१९३९ सम्मको स्पेनिस गृहयुद्ध हुँदै २०१९ को कोरोना भाइरसको प्रकोपमा थलिएपनि जिउँदै हुनुहुन्छ ।

Order Now: 98510-87891

“हजूरआमा निको हुनुहुन्छ, बोल्न र वर्णन गर्न चाहनुहुन्छ र उहाँ फेरि फर्किनुभएको छ ।”– बीबीसीले उहाँकी छोरीलाई उद्धत गर्दै लेखेको छ । सन् १९०७ मा मेक्सिकोमा जन्मिएर दुई वर्षपछि सैन फ्रान्सिस्को आएर पहिलो विश्वयुद्ध ताका पत्रकार बुवासँगै क्याटालन पुग्नुभयो । उहाँले तीन सन्तानलाई हुर्काउनुभयो । पहिलो ८६ वर्षका हुनुहुन्छ ।

जेठा सन्तानबाट उहाँले ११ जना नातीनातिनी पाउनुभएको छ । सबैभन्दा जेठा ६० वर्षीय हुनुहुन्छ । १३ जना पनाती छन् ।

करिब दुईदशक उहाँले ओलोट शहरको एक वृद्ध हेरचाह आश्रममा बिताउनुभएको छ । गत वर्ष उहाँले ला भानगार्जियासँगको कुराकानीमा जिउन अतिरिक्त आफूले केही गर्न नसकेको प्रतिक्रिया दिनुभएको थियो ।

मारियाको जन्म अमेरिकाको सान फ्रान्सिस्कोमा ४ मार्च, १९०७ मा भएको थियो । उनका स्पेनी बुबा अमेरिकामा पत्रकारिता गर्दथे । 

मारिया आफ्ना परिवारका साथ पहिलो विश्वयुद्धताका डुंगा चढेर स्पेन फर्किएकी थिइन् । उनी सन् १९१८–१९ को स्पेनी फ्लु र सन् १९३६–३९ को स्पेनी गृहयुद्धमा पनि बाँच्न सफल भएकी थिइन् । 

स्पेनी स्वास्थ्य मन्त्रालयका अनुसार हालको कोरोनाभाइरसको महामारीबाट स्पेनमा २७ हजारभन्दा बढी व्यक्तिको ज्यान गइसकेको छ । युरोप र अन्य क्षेत्रका मुलुकझैं स्पेनमा पनि ज्येष्ठ नागरिकहरू कोरोनाभाइरसबाट सर्वाधिक प्रभावित भएका छन् । 

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.