Nepal's No. 1 Digital Newspaper

थप २ जनामा कोरोना सङ्क्रमण पुष्टि, कुल २१९

३१ वैशाख, काठमाडौँ । नेपालगञ्ज र कपिलवस्तुमा गरी थप दुई जनामा काेराेना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा २१९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

नेपालगञ्जकाे पछिल्लो सङ्क्रमित बाँके जिल्ला, नेपालगञ्ज नपा वडा नं ८ बस्ने ३६ वर्षीय पुरुष हुनुहुन्छ । उहाँकाे धुलिखेल अस्पतालमा स्वाब परीक्षण गरिएको मन्त्रालयले जनाएको छ । 

त्यस्तै, कपिलवस्तुका एक पुरुषमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकुमा गरिएको परीक्षणमा कपिलवस्तु जिल्ला, कपिलवस्तु नगरपालिका वडा नं ५ का २२ वर्षीय पुरुषमा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
सङ्क्रमितहरूकाे स्वास्थ्य अवस्था सामान्य छ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.