Nepal's No. 1 Digital Newspaper

कतार एयरवेजले १ लाख निःशुल्क टिकट दिने

कतार एयरवेजले फ्रन्टलाइन हेल्थकेयर पेशेवरहरुलाई १ लाख वटा निशुल्क टिकट दिने भएको छ । कोभिड–१९ महामारीको समयमा स्वास्थ्यकर्मीहरुले पुर्याएको अतुलनीय योगदानका लागि आभार स्वरुप एक लाख वटा निःशुल्क हवाई टिकट वितरण गर्ने घोषणा गरेको हो । 

एयरलाइनले दोहाको समय अनुसार मे १२ को ००ः०१ बजे देखि मे १८ को २३ः५९ बजेसम्म टिकटहरु वितरण गर्ने जनाएको छ । स्वास्थ्यकर्मीहरुले एयरलाइनको आधिकारिक वेबसाइट मार्फत त्रबतबचबष्चधबथक.अयmरत्जबलपथ्यगज्भचयभक मा फारम भरी दर्ता गर्न सक्नेछन् ।  

Order Now: 98510-87891

दर्ता गरिसकेपछि व्यक्तिगत युनिक कोड प्राप्त हुनेछ जस मार्फत फस्ट कम फस्ट सर्भ आधारमा टिकट वितरण गरिनेछ । निःशुल्क टिकट प्राप्त स्वास्थ्यकर्मीहरुले कतार एयरले उडान भर्ने विश्वका जुनसुकै मुलुकहरुमा पनि जान पाउने छन् । कतार एयरवेजले कोभिड–१९ ले परेको असरलाई न्युनिकरण गर्न र स्वास्थ्यकर्मीहरुलाई हौसला दिन यो योजना अघि सारिएको जनाएको छ ।


तपाईको सुचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.