Nepal's No. 1 Digital Newspaper

विश्वभर काेराेनाबाट संक्रमित हुनेकाे संख्या ४३ लाख ३७ हजार नाघ्याे, रूस बन्यो नयाँ हटस्पट

३१ वैशाख, काठमाडाैं विश्वमा कोरोना भाइरस अर्थात् कोभिड-१९ बाट मृत्यु हुनेकाे संख्या २ लाख ९२ हजार नाघेकाे छ । विभिन्न तथ्याङ्क निकाल्ने संस्था वर्ल्डो मिटर्स डट इन्फोका अनुसार आइतबार बिहानसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या २ लाख ९२ हजार ४०३ पुगेकाे छ ।

विश्वमा कोरोनाबाट संक्रमित हुनेकाे संख्या ४३ लाख ३७ हजार १४३ पुगेकाे छ । कुल सङ्क्रमितमध्ये १५ लाख २७ हजार उपचारपछि घर फर्किएका छन् । याे निकाे हुनेकाे संख्या ज्यान गुमाउनेकाे भन्दा झण्डै साढे पाँच गुणा बढी हाे ।

Order Now: 98510-87891

विश्वभर संक्रमण र मृत्युका केसहरूमा दैनिक उतारचढाव आइरहेकाे छ । केही दिन मृत्यु संख्या स्वाट्टै घट्ने र फेरि केही दिनमै ह्वात्तै बढ्ने भइरहेकाे छ । आइतबार र साेमबार स्वाट्टै घटेकाे संख्या मंगलबार फेरी बढेकाे छ ।

मंगलबार मात्रै काेराेनाका कारण विश्वभर ५ हजार २ सय ७२ जनाकाे मृत्यु भएकाे वर्ल्डो मिटर्सले जनाएकाे छ । आइतबार ३ हजार ५ सय र साेमबार काेराेना ३ हजार ४ सयकाे मात्रै मृत्यु भएकाे थियाे ।

कोरोनाको उद्गम स्थल चीन भए तापनि कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु हुनेमा अमेरिका पर्छ । अहिलेसम्म अमेरिकामा ८३ हजार ४२५ जनाको मृत्यु भइसकेको छ । संक्रमितकाे संख्या भने १४ लाख ८ हजार १४३ पुगेकाे छ । संक्रमितमध्ये २ लाख ९६ हजार ७४६ भने पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ १० लाख २८ हजार बढीमा कोरोनाको सक्रिय रहेको छ । संक्रमितमध्ये १६ हजार ४७३ अवस्था गम्भीर रहेको छ ।

कोरोनाले भयावह पारेको अर्को देश हो, स्पेन । अहिलेसम्म स्पेनमा काेराेना संक्रमितकाे संख्या २ लाख ६९ हजार ५२० पुगेकाे छ । स्पेनमा कोरोनाका कारण २६ हजार ९२० जनाले ज्यान गुमाएका छन् । संक्रमितमध्ये १ लाख ८० हजार ४७० भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ६२ हजार १३० जनामा कोरोना सक्रिय रहेको छ । तीमध्ये १ हजार ५३४ काे अवस्था भने गम्भीर रहेको छ ।

पछिल्लाे समय काेराेना भाइरसको नयाँ हटस्पट रूस बनेकाे छ । केही दिनयता लगातार दिनहुँ ११ हजार बढी संक्रमित थपिने गरेकाे छ । अहिलेसम्म रूसमा २ लाख ३२ हजार बढी मानिस काेराेनाबाट संक्रमित भएका छन् । काेराेनाका कारण मृत्यु हुनेकाे संख्या भने २ हजार ११६ पुगेकाे छ । संक्रमितमध्ये ४३ हजार बढी पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ १ लाख ८६ हजार बढीमा काेराेना संक्रिय रहेकाे छ । तीमध्ये २३ सयकाे अवस्था गम्भीर रहेकाे छ ।

अमेरिकापछि कोरोनाका कारण सबैभन्दा बढी मृत्यु हुनेमा बेलायत पर्छ । अहिलेसम्म बेलायतमा कोरोनाका कारण मृत्यु हुनेकाे संख्या ३२ हजार ६९२ पुगेकाे छ । संक्रमितकाे संख्या भने २ लाख २६ हजार नाघेकाे छ । बेलायतमा पूर्ण निको हुनेको संख्या एकदमै कम रहेको छ । त्यहाँ अहिले १ लाख ९३ हजार ४२७ जनामा कोरोना सक्रिय रहेको छ भने १५ सय बढीकाे अवस्था गम्भीर रहेकाे छ ।

इटालीमा स्पेन र रूसमा भन्दा कम संक्रमित भए पनि मृत्यु हुनेकाे संख्या भने बढी रहेकाे छ । अहिलेसम्म इटालीमा कोरोनाका कारण ज्यान गुमाउनेकाे संख्या ३० हजार ९११ पुगेकाे छ । अहिलेसम्म त्यहाँ २ लाख २१ हजार २१६ कोरोनाबाट संक्रमित भएका छन् । संक्रमितमध्ये १ लाख ९ हजार पूर्णरूपमा निको भइसकेका छन् । अहिले इटालीमा ८१ हजारमा काेराेना सक्रिय रहेकाे छ भने एक हजारकाे अवस्था गम्भीर रहेकाे छ ।

कोरोनाले भयावह बनाएकाे अर्काे देश हाे, फ्रान्स । फ्रान्समा अहिलेसम्म कोरोना संक्रमितको १ लाख ७८ हजार २२५ पुगेकाे छ भने मृत्यु हुनेको संख्या २६ हजार ९९१ पुगेको छ । संक्रिमतमध्ये ५७ हजार ७८५ पूर्णरूपमा निको भइसकेका छन् । अहिले त्यहाँ ९२ हजार बढीमा काेरोना संक्रिय रहेको छ । तीमध्ये २ हजार ५४२ जनाकाे अवस्था भने गम्भीर रहेको छ ।

ब्राजिललाई पनि काेराेनाले निकै सताएकाे देखिन्छ । अहिलेसम्म त्यहाँ काेराेनाबाट संक्रमित हुनेकाे संख्या १ लाख ७७ हजार पुगेकाे छ भने काेराेनाका कारण मृत्यु हुेकाे संख्या १२ हजार ४०४ पुगेकाे छ । संक्रमितमध्ये ७२ हजार ९७९ पूर्णरूपमा निकाे भएका छन् । अहिले त्यहाँ ८ हजार ३१८ काे अवस्था गम्भीर रहेकाे छ ।

जर्मनीमा पनि कोरोना संक्रमित हुनेको संख्या १ लाख ७३ हजार १७१ पुगेकाे छ । मृत्यु हुनेको संख्या भने ७ हजार ७३८ पुगेको छ । अहिले जर्मनीमा १८ हजार २३३ मा मात्रै कोरोना सक्रिय रहेको छ । संक्रमितमध्ये १ लाख ४७ हजार भने पूर्णरुपमा निको भइसकेका छन् । जर्मनीमा यति निको हुनु भनेको सुखद पक्ष हो ।

टर्कीमा पनि काेराेना संक्रमित हुनेकाे संख्या १ लाख ४१ हजार नाघेकाे छ । अहिलेसम्म त्यहाँ ३ हजार ८९४ जनाकाे मृत्यु भएकाे छ । संक्रमितमध्ये ९८ हजार ८८९ भने पूर्णरूपमा निकाे भइसकेका छन् । अहिले त्यहाँ ३८ हजारमा काेराेना सक्रिय रहेकाे छ । तीमध्ये एक हजारकाे अवस्था गम्भीर रहेकाे छ ।

इरानमा टर्कीभन्दा कम संक्रमित भए पनि मृतककाे संख्या भने बढी रहेकाे छ । अहिलेसम्म इरानमा काेराेनाका कारण ज्यान गुमाउनेकाे संख्या ६ हजार ७३३ पुगेकाे छ । अहिलेसम्म त्यहाँ १ लाख १० हजार संक्रमित भएका छन् । संक्रमितमध्ये ८८ हजार निकाे भएका छन् । अहिले त्यहाँ १५ हजारमा मात्रै काेराेना सक्रिय रहेकाे छ ।

कोरोनाको उद्गम स्थल चीनमा भने अहिले ११५ जनामा मात्रै कोरोना सक्रिय रहेको छ । त्यहाँ ७८ हजार १७१ जना भने पूर्णरूपमा निको भइसकेका छन् । चीनमा अहिलेसम्म कुल ८२ हजार ९१९ जनामा कोरोनाको संक्रमण देखिएको छ । चीनमा काेराेनाका कारण ४ हजार ६३३ जनाकाे मृत्यु भएकाे छ ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.