Nepal's No. 1 Digital Newspaper

नेकपा स्थायी कमिटी बैठक फेरि स्थगित

३१ वैशाख, काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठक फेरि स्थगित भएको छ । बैठक आज बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बाेलाइएकाे थियाे ।

नेकपा एक सचिवालय सदस्यका अनुसार भीआईपीको सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई नै कोरोना देखिएको र माहामारी भइरहेका बेला स्थायी समिति सदस्यहरुको कोरोना परीक्षण गरिएको पीसीआर रिपोेर्ट आइनपुगेकाले बैठक स्थगित गरिएकाे हाे ।

मंगलबार साँझ भक्तपुरमा फेला परेका २७ वर्षीय कोरोना संक्रमित पूर्वगृहमन्त्री भीम रावलको सुरक्षार्थ खटिएका सशस्त्र प्रहरी भएकाे बताइएकाे छ । बैठक कहिले बस्ने भन्ने पनि खुलाइएको छैन ।

Order Now: 98510-87891

यसअघि सचिवालय वैठकले वैशाख २५ गतेका लागि स्थायी कमिटी वैठक बोलाएको थियो । तर प्रस्ताव तयार गर्न नभ्याएको भन्दै स्थगित गरिएको थियो ।

सरकारले दल विभाजन र संवैधानिक परिषद् सम्बन्धि दुई अध्यादेश ल्याएपछि नेकपामा विवाद बढेको थियो । विवाद बढेपछि अध्यक्ष दाहाल र बरिष्ठ नेता माधव नेपाल निकट २० स्थायी कमिटी सदस्यले बैठक बोलाउन लिखित माग गरेका थिए ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.