Nepal's No. 1 Digital Newspaper

नेपालमाथिको अतिक्रमण बन्द गर विस्तारवाद

३१ बैशाख, काठमाडौं । विस्व यतिबेला (कोभिड १९ कोरोनाबाट ) गुज्रिदै गरेको अवस्थामा अर्कोतर्फ भारतले नेपालको सिमाना मिचेको छ ! नेपालमाथी विस्तारवादले अतिक्रमण गर्न लागेको लामो समय भैसकेको छ ! भारतमा गरिरहेका अंङग्रेज शासकहरूले सन १८१६ मा नेपाली शासकहरूलाई धम्क्याएर , फकाएर र गलाएर असमान तथा बदनाम सुगौली सन्धी गराएपछी र भारतबाट अङग्रेज शासक फर्किएपछी भारतले नेपालमाथी अङग्रेज शासककै सिको गर्दै त्यही शैलीमा अतिक्रमण लादिरहेको छ !

यतिबेला नेपाललाई थाहै नदिई लिपुलेखमा सडक निर्माण गर्नु भारतको यही विस्तारवाद , साम्राज्यवादी नितीको पराकाष्टा हो ! २००७ सालको दिल्ली सम्झौतापछी त झन भारतले नेपालका पुरै शासकहरूलाई प्,भाव पार्यो भारतले नेपाली भुमी मिचेको यो पहिलो घटना होईन पुर्वमा पशुपती नगरदेखी सुस्ता महेशपुर हुँदै कालापानी , लिम्पियाधुरा , लिपुलेखसम्मका दर्जनौ स्थानमा भारतले नेपाली भुमि अतिक्रमित गरिरहेको छ !

Order Now: 98510-87891

यस अघि गत कार्तिक महिनामा भारतले अाफ्नो राजनैतिक नक्सामा कास्मिर संगै नेपालका लिपुलेख , लिम्पियाधुरा , र कालापानी समेटेर सार्वजनिक गरेपछी देशभत्त अाम नेपालीहरूले स्वदेश एवंम विदेशबाट उत्त कदमको व्यापक विरोध गरेका थिए ! भारतले नेपाललाई कहिल्यै पनि स्वतन्त्र राष्ट्रका रूपमा व्यवहार गरेको छैन ! भारतले अझै पनि ७० भन्दा बढी ठाउमा नेपाली भुमि मिचिरहेको छ !

नेपालको भु भाग अाफ्नो नक्सामा पारेर अाफ्नै भुमि भनिरहेको छ ! झण्डै ७० वर्षदेखी नेपालको कालापानीमा अाफ्नो सेनाको क्याम्प बनाएर राखिरहेको छ ! राष्ट्रियता र राष्ट्र वादको चर्चा गर्दा प्रत्येक नेपालीले सोच्नुपर्दछ ! कि किन प्रवेस पाउदछ ! विदेशी प्रभावले किन पुग्दछौ विदेशीकोमा किन सल्लाह लिन बाधिन्छौ एनजिअो र आईएनजिअो को प्रवाहमा किन जान्छौ विदेशीकोमा सत्ता टिकाउन सल्लाह लिन अनि यसै कारण हाम्रो राष्ट्रियता र राष्ट्रवाद खिईदै खत्रामय बन्दै गईरहेको होत ? तसर्थ अाज नेपालको राष्ट्रियता , राष्ट्रको अस्मितामा कतैबाट खत्रा छ भने त्यो हामी प्रत्येकबाट छ ! प्रत्येक नेताबाट छ ! हाम्रो कमिकमजोरी बाट छ ! हाम्रो विदेशप्रती लम्पसारवाद पर्ने प्रवृत्तिबाट छ !

सार्वभौम सत्तामाथिको खत्रा हटाउने अचुक अौषधी हो ! अर्थात राष्ट्रिय मेल मिलाप र एकता नै सबै भन्दा ठूलो राष्ट्रवाद , अनि राष्ट्रियता हो ! अाजको नेपालको लागि नेपाल भुमी रक्क्षाको लागि , सिमानामा तु विस्तारवादलाई लखेटौ …..! सम्पुर्ण असमान सन्धी सम्झौता खारेज गर ! नेपाली जन्ता जिन्दावाद !! भारतिय विस्तारवाद मुर्दावाद !!! प्रदीप मिलन राना ( नेपाली एकता मञ्च भारत गुजरात राज्य (सचिव )


तपाईको सुचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.