Nepal's No. 1 Digital Newspaper

भक्तपुरको ठिमी र दुवाकोटमा भेटिएका कोरोना संक्रमित लकडाउनमा पास बनाएर उपत्यका छिरेका थिए

३१ बैशाख, काठमाडौं । नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई सय १७ पुग्नेगरी पछिल्लो पटक २६ जना थपिँदा तीन जना काठमाडौं उपत्यकाभित्रका परे। उपत्यकाको लकडाउन खुकुलो हुन थालेको तेस्रो दिन यहाँ संक्रमित देखिएपछि त्रास फैलिएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलवार रातिसम्म नेपालमा संक्रमितको संख्या २१७ पुगेको छ। तराईका भारतीय सीमा जोडिएका जिल्लामा मात्र होइन काठमाडौं उपत्यकाभित्रका काठमाडौं र भक्तपुर जिल्लामा पनि कोरोना संक्रमित भेटिए।

Order Now: 98510-87891

भक्तपुरमा एक महिला र पुरुषमा कोरोन संक्रमण देखिएको छ। त्यस्तै, काठमाडौंमा एक महिलामा कोरोना देखिएको हो। भक्तपुरमा कोरोना संक्रमित महिला सुनसरीको झुम्काबाट तीन दिनअघि भक्तपुर पुगेर फर्केकी थिइन्।

उनी मध्यपुर ठिमीमा कोठा लिएर बस्दै आएकी हुन्। लकडाउनको समयमा सरकारी पास लिएर नै उनी सुनसरी पुगेको खुलेको छ। ‘उहाँ सुनसरीबाट आउनु भएको हो। पास नै लिएर आएको देखियो,’ जिल्ला प्रशासन कार्यालय भक्तपुर प्रमुख हुमाकला पाण्डले भनिन्।

संक्रमित देखिएकी महिलाको दुईदिन अघि नै थ्रोड स्वाव संकलन गरेर परीक्षणका लागि पठाइएको थियो। अहिले महिला बस्ने घर पूर्णरुपमा सिल गरेर कन्ट्याक ट्रेसिङ थालिएको छ। महिलालाई राति नै टेकु अस्पताल लगिएको सिडिओ पाण्डेले जानकारी दिइन्।

त्यस्तै, भक्तपुरमा कोरोना संक्रमित भएका पुरुष दुवाकोटका स्थानीय भएको खुलेको छ। उनको लकडाउनको समयमा उपत्यकाबाहिरको कुनै पनि ट्राभल हिस्ट्री देखिँदैन। ‘उपत्यका बाहिर गएको देखिएको छैन। थप अनुसन्धान भइरहेको छ,’ पाण्डेले भनिन्, ‘परिवारमा पनि बाहिरबाट कोही आएको देखिन्न।’

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.