Nepal's No. 1 Digital Newspaper

कपिलवस्तु अस्पतालकी स्टाफ नर्स पनि कोरोना संक्रमित, अस्पतालका सबै कर्मचारी निगरानीमा

३० बैशाख, कपिलवस्तु । कपिलवस्तु अस्पतालमा कार्यरत एक जना स्टाफ नर्समा पनि कोरोना संक्रमणको पुष्टि भएको छ ।

अस्पतालमा कार्यरत २५ वर्षीया स्टाफ नर्स कोरना संक्रमित भएको स्वास्थय कार्यालयले जनाएको छ ।

राष्ट्रिय जन स्वजास्थय प्रयागशालामा टुेकमा गरिएको स्वाब परीक्षणकाक्रममा स्टाफ नर्ससहित कपिलवस्तु नगरपालिकाका ८ जना कोरोना सक्रमित भेटिएका हुन ।

यससंगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या २९ पुगेको छ । स्टाफ नर्स कसरी कोरोना संक्रमित भईन भन्ने कुरा अझै थाहा हुन नससेको स्वास्थय कार्यालयका प्रमुख योगेन्द्र भगतले बताउनु भयो ।

Order Now: 98510-87891

मंगलबार पोजिटिभ पुष्टि भएका कपिलवस्तु नगरपालिका वडा न. ६ का बर्ष १९ पुरुष १ जना, वडा न.४ बर्ष २५ पुरुष १, वडा न.५ बर्ष ३६ पुरुष, वडा न.३ वर्ष ३२ पुरुष १, वडा न.७ बर्ष १९ पुरुष, वडा न.३ बर्ष २० पुरुष, वडा न.८ बर्ष २५ पुरुष, वडा न.१ बर्ष २५ महिला रहेको स्वास्थ्य कार्यालयका प्रमुख योगन्द्र भगतले जानकारी दिनुभयो ।

कपिलवस्तु नगरपालिकासहित ३ पालिकाको २ सय ९० जनाको स्वाब मध्ये २ सय ८९ जनाको नतिजा आइसकेको छ । जममध्ये कपिलवस्तु नगरपालिका ८, यशोधरा १२ र बुद्धभूमि नगरपालिकामा ४ संक्रमति भेटिएका हुन ।

२ सय ९० मध्ये कपिलवस्तु नगरपालिकाबाट १ सय ३ जनको स्बाव परीक्षणकालागि पठाईएको थियो । १ सय ३ मध्ये कपिलवस्तु अस्पतालका ५ स्वास्थ्यकर्मीको समेत स्बाव थियो ।

अस्पताल प्रशासनका आधारमा कपिलवस्तु अस्पतालका ५ जनाको स्वाब संकलन गरी पठाईएको भगतले बताउनुभयो । संक्रमित स्टाफ नर्सलाई कपिलवस्तु नगरपालिका–२ स्थित महेन्द्र आधारभूत विद्यालयमा राखिएको रिपोर्टमा देखाइए पनि उनी आफनै घरमा कोरेन्टाइनमा बस्दै आएकी छिन ।

अस्पतालका ब्यवस्थापक रत्नाकर शुक्लाले ५ जनाको स्वाब संकलन गरी पठाईएको भए पनि त्यसको आधिकारिक रिपार्ट अझै प्राप्त नभएको बताउनुभयो । ‘हामीले अनौपचारिक जानकारी मात्र पाएका छौ, यदी ती स्टाफ नर्समा कोरोना देखिए अस्पतालमा रहेका सबै जना नै क्वारेनटाइनमा जाने अवस्था आउछ’ उहाँले भन्नुभयो ।

तौलिहवा स्थित बुद्धपद उमाबिका ६ र महेन्द्र प्राबिमा रहेका एक जना तथा एक जना कपिलवस्तु अस्पतालका स्टाफ नर्समा कोरोना देखिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घ नारायण पौडेलले बताउनुभयो ।

क्वारेन्टाइनमा रहेका ७ जना भारतको बिभिन्न स्थानबाट लकडाउनको बेला बैशाखको तेश्रो सातमा नेपाल फर्किएको कपिलवस्तु नगरपालिकाका स्वास्थय संयोजक उमेश गुप्ताले बताउनुभयो ।

संक्रमित सबैको ट्राभल हिस्ट्री पत्ता लगाउने कार्य भइरहेको छ । फेला परेको संक्रमितमा कोरोनाको कुनै लक्षण नदेखिएको र अवस्था सामान्य रहेको बताइएको छ ।

उनीहरुकोे स्वास्थ्य अवस्था सामान्य रहेको र थप उपचारका लागि बुटवल धागो कारखानामा रहेको कोरोना विशेष अस्पताल पठाउने तयारी हुदै छ ।

स्टाफ नर्ससंग सम्पर्कमा आएका ब्यक्तिको समेत खोजी भइरहेको गुप्ताले बताउनुभयो । अस्पतालकाको स्टाफ नर्समा समेत कोरोना देखिए पछि अस्पताल र तौलिहवा बजारमा त्रास बढेका छ ।

उता अस्पतालमा खटिएका प्रहरीलाई समेत क्वारेन्टाइनमा पठाइने प्रहरी उपरीक्षक दीप शमशेर जबराले बताउनुभयो । यस अघि कपिलवस्तुको मायादेबी गाउँपालिकामा ४ र सुद्धादन गाउपालिकामा एक जना कोरोना संक्रमति भेटिएका थिए ।

उता मायादेबी गाउपालि–१ पकडीस्थित छत्रपाली तिर्थादेबी उमाबिको क्वारेन्टाइनमा रहेका र सम्पर्कमा रहेका १७ जनाको स्बाव संकलन गरी काठमाडौंमा पठाइएको स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताउनुभयो ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.