Nepal's No. 1 Digital Newspaper

प्युठानका ११ जनामा आरडीटी पोजेटिभ

३० वैशाख, प्युठान । प्युठान नगरपालिका– ९ र १० मरन्ठानाको क्वारेन्टाइनमा रहेकामध्ये ११ जनामा आरडीटी पोजेटिभ देखिएको छ ।

क्वारेन्टाइनमा रहेका २९ जनामध्ये ११ को आरडीटीमा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

क्वारेन्टाइनमा रहेको १५ दिन पुगेपछि घर फर्काउने तयारीमा रहेकालाई आरडीटी गर्दा पोजेटिभ देखिएको हो ।

Order Now: 98510-87891

उनीहरु २० देखि ३८ वर्षीय आठ पुरुष र तीन महिला रहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख विशाल सुवेदीले जानकारी दिए ।

आरडीटी पोजेटिभ देखिएपछि उनीहरुसँगै रहेका २८ जनाको पीसिआर परीक्षणका लागि स्वाब संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशाला, भैरहवा पठाउने तयारी गरिएको छ । – रासस

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.