Nepal's No. 1 Digital Newspaper

महिला हिंसाका मुद्धा दर्तामा कमी-चितवन

३० वैशाख, चितवन । चितवनमा घरेलु हिंसाका घट्ना कम हुँदै गएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनकोे तथ्याङ्क अनुसार, पछिल्ला महिनाहरुमा घरेलु हिंसाका घट्नाहरु कम हुँदै गएका हुन् ।

चैत्र र बैशाख महिनामा ९ वटा घरेलु हिंसाका मुद्धा दर्ता भएका छन् । त्यसअघि प्रत्येक महिना औषतमा १० वटा मुद्धा दर्ता भएको जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कमा उल्लेख छ  । लकडाउनका कारण पनि घरेलु हिंसाका मुद्धाहरु दर्ता नभएका हुन् सक्ने प्रहरीले जानकारी दिएको छ । 

Order Now: 98510-87891

लकडाउनको अवधिमा मादक पदार्थ सेवन गरी कुटपिट, खाना लाउन नदिएको र अनावश्यक विबाद निकालि मानसिक यातना जस्ता घरेलु हिंसा भएका छन् । जसमा सवैभन्दा बढि मादक पदार्थ सेवान गरि कुटपिट गरेको घट्ना ४ वटा रहेका छन् ।

त्यस्तै, खाना लाउन नदिएको मुद्धामा ३ र अनावश्यक विवाद निकालि मानसिक यातना दिएको विषयमा २ वटा मुद्धा दर्ता भएको छ । 

नौ वटा मुद्धामध्ये ८ वटा मुद्धा मिलापत्र भैसकेको प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
चालु आर्थिक बर्षमा ७४ वटा घरेलु हिंसाका मुद्धा दर्ता भएका छन् । त्यसमा ६६ वटा मुद्धाको मिलापत्र भैसकेको छ । यस्तै गत चालुआर्थिक बर्षमा ३ सय ३५ वटा घरेलु हिंसाका घट्ना प्रहरी कार्यालयमा दर्ता भएका थिए ।  

 

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.