Nepal's No. 1 Digital Newspaper

नेपालमा आजै थपिए कोरोनाका ५७ संक्रमित, संक्रमितको संख्या १ सय ९१

३० वैशाख, काठमाडौ ।नेपालमा आज एकैदिन ५७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार कपिलवस्तु, रूपन्देही, पर्सा र बारामा संक्रमित भेटिएका हुन्। जसमध्ये कपिलवस्तुमा ८, रूपन्देहीमा ९, पर्सामा ३९ र बारामा १ जना नयाँ संक्रमित भेटिएका हुन्। उनीहरू सबै पुरूष रहेको मन्त्रालयले जनाएको छ।

Order Now: 98510-87891

मन्त्रालयका अनुसार उनीहरू सबैको स्वास्थ्य अवस्था सामान्य छ।
योसँगै नेपालमा कोरोना भाइरसका संक्रमित १९१ पुगेका छन्।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.