Nepal's No. 1 Digital Newspaper

विश्वभर कोरोना संक्रमित १५ लाख निको भइसके

३० वैशाख, काठमाडौ । विश्वभर कोरोना भाइरसबाट संक्रमित भएकामध्ये १५ लाख २७ हजारभन्दा बढी मानिस निको भइसकेका छन् । यद्यपि मानिसमा संक्रमण भने बढ्दै गइरहेको छ ।

अहिलेसम्म विश्वभर ४२ लाखभन्दा बढी मानिस संक्रमित भइसकेका छन् । दुई लाख ८७ हजारको मृत्यु भइसकेको छ ।

Order Now: 98510-87891

भारतमा संक्रमितको संख्या ७० हजार नाघेको छ । भारतमा ७० हजार आठ सय २७ जना संक्रमित भइसकेका छन् भने मृत्यु हुनेको संख्या दुई हजार दुई सय ९४ पुगेको छ । 

भारतमा २२ हजार पाँच सयभन्दा बढी संक्रमित निको भइसकेका छन् ।

जर्मनीमा पनि दैनिक नयाँ संक्रमितको संख्या बढेको छ । 

जर्मनीमा नाै सय ३३ जना नयाँ संक्रमित थपिएका हुन् । अहिलेसम्म एक लाख ७२ हजार पाँच सय २६ मानिस संक्रमित भइसकेका छन् ।

नेपालमा अहिलेसम्म एक सय ९१ जनामा संक्रमण देखिइसकेको छ । तीमध्ये ३३ जना निको भइसकेका छन् ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.