Nepal's No. 1 Digital Newspaper

पूर्व राष्ट्रिय खेलाडी रञ्जितले भने : ठीक छु, आत्तिनुपर्ने केही छैन

२९ वैशाख, काठमाडौं । राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य रञ्जित श्रेष्ठले आफूमा कोरोना भाइरस (कोभिड १९) पोजेटिभ देखिएको बताएका छन्।

वैदेशिक रोजगारीको लागि हाल दुबईमा रहेका रञ्जितले आफ्नो फेसबुक पेजमा भिडियो अपलोड गर्दै आफुलाई कोरोना पोजेटिभ देखिएको बताएका हुन्। उनले सेल्फ आइसोलेसनमा बसेको जनाएका छन्।

Order Now: 98510-87891

‘सेल्फ आइसोलेसनमा छु, मलाई कोरोनाको पोजेटिभ देखिएको छ। खासै त्यस्तोे त केही जस्तो लागेको छैन, तातो पानी खान्छु, ब्यालेन्स डाइटमा बसेको छु’,  उनले आफ्नो फेसबुक पेजमा एक भिडियो पोस्ट गर्दै भनेका छन्, ‘तर आत्तिनुपर्ने केही छैन। मलाई भएको भएको चार पाँच दिन भयो। कफ केही छैन। कहिले काँही ड्राइ कफ हुन्छ। रुममा बसेको छु, खाना खान्छ, जगिङ गर्र्दै बसेको छु।

राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्य रञ्जित श्रेष्ठ

उनले भिडियोमार्फत नआत्तिनमा पनि सबैलाई सुझाव दिएका छन्। उनले भनेका छन्, फेसबुकमा मेरो जति पनि साथीभाइ हुनुहुन्छ, नडराउनु होला, डराउनु पर्ने खालको छैन। नर्मल लिँदा हुन्छ, आफुले बार्नु पर्छ, फेरि मेरो सेकेन्ड रिजल्ट के आउँछ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.