Nepal's No. 1 Digital Newspaper

एकैदिन ४ हजार बढी कोरोना संक्रमित थपिए – भारत

२९ वैशाख, काठमाडौं । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरस (कोभिड–१९) का चार हजार दुई सय १३ नयाँ संक्रमित भेटिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार यससँगै भारतमा समग्र संक्रमितको संख्या ६७ हजार एक सय ५२ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट ९७ जनाको मृत्यु भएको छ । यससँगै कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि दुई हजार दुई सय ६ पुगेको छ ।

Order Now: 98510-87891

भारतको सबैभन्दा प्रभावित राज्य महाराष्ट्रमा अहिलेसम्म सबैभन्दा बढी २२ हजार एक सय ७१ जना संक्रमित पुगेका छन् भने यो राज्यमा अहिलेसम्म आठ सय ३२ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ ।गुजरातमा अहिलेसम्म आठ हजार एक सय ९४ जना संक्रमित फेला परेका छन् । गुजरातमा यो भाइरसबाट मृत्यु हुनेको संख्या चार सय ९३ पुगेको छ ।

मध्यप्रदेशमा अहिलेसम तीन हजार ६ सय १४ जना संक्रमित हुँदा दुई सय १५ जनाको मृत्यु भइसकेको छ ।त्यस्तै पश्चिम बंगालमा अहिलेसम्म एक हजार नौ सय ३९ जना संक्रमित भइसकेका छन् भने एक सय ८५ जना मानिसको मृत्यु भइसकेको छ ।

उत्तर प्रदेशमा अहिलेसम्म तीन हजार चार सय ६७ जना संक्रमित भेटिँदा ७४ जनाको मृत्यु भएको छ ।बिहारमा अहिलेसम्म ६ सय ९६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ भने ६ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म भारतमा २० हजार नौ सय १७ संक्रमित निको भएर फर्किसकेका छन् ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.