Nepal's No. 1 Digital Newspaper

लुइस स्वारेजको कीर्तिमान

एजेन्सी । विश्व फुटबलमा उरुग्वेका स्टार खेलाडी लुइस स्वारेजले एक उत्कृष्ट फर्वाडका रूपमा पहिचान बनाएका छन् ।

उनले प्रिमियर लिग, नेदरल्यान्डको घरेलु लिग, ला लिगाजस्ता ठूला लिगमा आफ्नो बेग्लै पहिचान बनाइसकेका छन् । राष्ट्रिय टोलीका लागि पनि स्वारेजले उत्कृष्ट खेल प्रदर्शन गरिरहेका छन् ।

उनले प्रिमियर लिग क्लब लिभरपुलका लागि सन् २०११ देखि २०१४ सम्म खेल्दै एउटा उत्कृष्ट कीर्तिमान राखेका छन् ।

Order Now: 98510-87891

जुन कीर्तिमान हालसम्म कुनै पनि प्रिमियर लिग खेलाडीले तोड्न भने सकेको छैनन् ।

स्वारेजले प्रिमियर लिगमा एकै क्लबविरुद्ध धेरै ह्याट्रिक गर्ने खेलाडीको कीर्तिमान बनाएका छन् । उनले नर्विच सिटीविरुद्ध ६ खेलमा १२ गोल गरेका छन् ।

दुई असिस्ट गरेका छन् । उनले गरेका १२ गोलमा तीन भने ह्याट्रिक छन् । 

स्वारेजले बनाएको कीर्तिमान म्यान्चेस्टर सिटीका खेलाडी सर्जियो अग्युरो र टोटेनहमका स्टार खेलाडी ह्यारी केनले तोड्न सक्ने सम्भावना पनि छ ।

केनले लेस्टर सिटीविरुद्ध दुई ह्याट्रिक गरेका छन् भने अग्युरोले यूक्यासल युनाइटेडविरुद्ध दुई ह्याट्रिक गरेका छन् ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.