Nepal's No. 1 Digital Newspaper

लकडाउनमा जाम ?, काठमाडौँमा बढ्यो चहलपहल, ५६० सवारी कारबाहीमा

२९ बैशाख, काठमाडौं । लकडाउनको समयमा काठमाडौं उपत्यकामा चल्ने गाडीका लागि निश्चित समय निर्धारण गरिएको छ । महानगरीय ट्राफिक महाशाखाका अनुसार आइतबारबाट लागु हुने गरी यो व्यवस्था लागु गरिएको हो ।

उपत्यका बाहिरबाट निर्माण सामग्री बोकेका ट्रक-टिपर राति ८ बजेदेखि बिहान ६ बजेसम्म मात्रै प्रवेश गर्न पाउनेछन् । 

सरकारको पछिल्लो निर्णय अनुुसार देशभर लागू गरिएको लकडाउनलाई केही खुकुलो पारिएको छ । सिमित उद्योग र संघसंस्थालाई सञ्चालनको अनुमति दिइएको छ । यसको असर काठमाडौँको ट्राफिकमा देखिएको छ । यसअघिसम्म सुनसान देखिने काठमाडौँका सडक अहिले सवारीसाधानले भरिभराउ देखिन थालिएको छ । यस्तै निर्माण सामग्री बोकेका सवारी दिनको समयमा रिङरोडभित्र प्रवेश नपाउने तर बाहिर चल्न पाउने छन् ।

Order Now: 98510-87891

रिङरोडभित्र भने राति ८ बजेदेखि बिहान ६ बजेसम्म मात्रै चल्न पाउने महाशाखाले जनाएको छ । निजामती-सरकारी कार्यालयका कर्मचारीका सवारी बिहान ९ बजेदेखि १० बजेसम्म र बेलुका ५ बजेदेखि ६ बजेसम्म चल्न पाउने व्यवस्था गरिएको छ । 

बैंक तथा वित्तिय संस्थाका कर्मचारीको हकमा बिहान ९ बजेदेखि १०:३० बजेसम्म,बेलुका ३ : ५० देखि ५ बजेसम्म सञ्चालन हुन पाउनेछन् । त्यसमा सम्बन्धीत कार्यालयको पत्र भने हुनुपर्नेछ । 

सवारीसाधानको चाप बढेपछि आइतबारबाट काठमाडौं उपत्यकामा सञ्चालन हुने सवारी साधनहरु सञ्चालनका लागि ‘टाइम कार्ड’ लागू गरिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकालले सरकारी सेवा, बैंक तथा वित्तिय क्षेत्र, निर्माण क्षेत्र अत्यावश्यक सामान बोक्ने सवारीहरु व्यवस्थापनका लागि ‘टाइमकार्ड’ प्रणाली लागू भएको जानकारी दिए । ढकालकाअनुसार सरकारी कार्यालयका सवारी विहान ९ देखि साढे १० बजेसम्म कार्यालय गइसक्नुपर्ने र साँझ ५ देखि ६ बजेसम्म फर्किसक्नुपर्ने नियम लागू भएको हो ।

नेपाल प्रहरी र ट्राफिक प्रहरीले भने कार्यालय र उद्योग खुलेपछि आवतजावत बढ्नु स्वाभाविक भएको बताएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता (प्रहरी उपरीक्षक) जीवन श्रेष्ठले चहलपहल बढ्दा सवारी पासको दुरुप्रयोग बढ्न सक्ने भएकाले जाँच बढाइएको बताउनुभयो । लक डाउनको शुरुको साताभन्दा पछिल्लो समय पासको दुरुप्रयोग बढिरहेको उहाँले बताउनुभयो । ट्राफिक प्रहरीले विभिन्न स्थानमा जाँच पनि बढाएको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “हामीले पहिलेभन्दा जाँच अझ कडाइ गरिरहेका छौँ ।”  

खाद्यान्न, तरकारी, फलफूल, इन्धन, ग्यासका सवारी बिहान ४ बजेदेखि १० बजेसम्म, स्वास्थ्य, औषधी, पानी, राहतका सवारीसाधन दिनभरी, सरकारले तोकेका ४४ किसिमका उद्योग कलकारखानाका सवारी नियमन निकाय वा सम्बन्धित उद्योग वा संस्थाको आधिकारीक पत्र बोकेर चल्न पाउने र अन्य सवारीको हकमा जिल्ला प्रशासन कार्यालयले जारी गरेको पास हुनुपर्ने व्यवस्था गरिएको छ ।
 

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.