Nepal's No. 1 Digital Newspaper

चिनियाँ पत्रकारलाई दिने भिसामा गर्‍यो कडाइ:अमेरिका

ट्रम्प प्रशासनले चिनियाँ पत्रकारहरूलाई दिने भिसाको नियम कडा बनाएको छ।अमेरिकाले चीनमा आफ्ना पत्रकारहरूलाई गरिएको व्यवहारको बदलमा नियम कडा पारेको ठानिएको छ।

सोमबारदेखि लागू हुने नयाँ नियम अनुसार अब चिनियाँ पत्रकारहरूले ९० दिनको मात्र भिसा पाउनेछन्।यसअघि कम्पनी फेरेको खण्डमा मात्र भिसा बढाउनुपर्ने व्यवस्था थियो। नयाँ नियममा भिसा थप्नसक्ने प्रावधान भने छ।

Order Now: 98510-87891

यो नियम हङकङ र मकाउका पत्रकारहरुको हकमा भने लागु हुनेछैन।

मार्चमा चिनियाँ राज्य-नियन्त्रित मिडियामा अमेरिकाले प्रतिबन्ध लगाएपछि चीनले अमेरिकाका तीन प्रमुख समाचार संस्थाका सबै अमेरिकी पत्रकारहरूको परिचयपत्र खारेज गर्ने बताएको थियो।

त्यसपछि चीनले केही अमेरिकी पत्रकारहरूलाई देशनिकाला गरेको थियो।पछिल्लो समय चीन र अमेरिकाबिच कोरोना भाइरस महामारीलाई लिएर तनाव बढिरहेको छ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.