Nepal's No. 1 Digital Newspaper

परराष्ट्रमन्त्रीलाई संयुक्त विद्यार्थी संगठनले ज्ञापनपत्र र भारतीय दूतावासलाई विरोधपत्र बुझाउने

२८ बैशाख, काठमाडौं । भारतले नेपाली भूमि लिपुलेक हुँदै मानसरोवर जाने सडकमार्ग खुला गरेको विषयमा संयुक्त विद्यार्थी संगठनले परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीलाई ज्ञापनपत्र र नेपालस्थित भारतीय दूतावसालाई विरोधपत्र बुझाउने भएका छन् ।

नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, अखिल क्रान्तिकारीका अध्यक्ष चिरञ्‍जिवी ढकाल, अखिल पाँचौंका अध्यक्ष घनश्याम मिश्र, अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझी, राप्रविसंघका अध्यक्ष महेशबहादुर सिंह, अखिल नेपाल विद्यार्थी युनियनका अध्यक्ष सन्देश भट्टराई, राप्रविसंघ संयुक्तका अध्यक्ष धनसुर शाहीले संयुक्त विज्ञप्ति जारी गर्दै देश राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डाताप्रति संयुक्त विद्यार्थी आन्दोनल अत्यन्त गम्भीर र संवेदनशील भएको जनाइएको छ ।

Order Now: 98510-87891

भारतले हस्तक्षेप गरेको नेपाली भूमि फिर्ता गराउनसमेत विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.