Nepal's No. 1 Digital Newspaper

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग, एसइई परीक्षा लिन आवश्यकतै छैन : डा.बाबुराम भट्टराई

२७ बैशाख, काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग गरेका छन् । शुक्रबार संसदको बजेट अधिवेशनको शुभारम्भ सत्रलाई सम्बोधन गर्दै सांसद भट्टराईले लोकतन्त्र र प्रधानमन्त्री ओलीले आफ्नै छविलाई बचाउन राजीनामा दिन उपयुक्त हुने बताए ।

डा. भट्टराईले भने, ‘कुर्सीमा बसेर सत्ताको प्रयोग गरेर महान् भइँदैन, नैतिक आचारण ठूलो हुन्छ । प्रधानमन्त्रीलाई मेरो आग्रह छ, तपाईं जुन उचाइमा पुग्नु भएको छ त्यही रहनुहोस्, तपार्यले अनावश्यक ढंगले यस्ता गतिविधमा संलग्न हुँदा तपार्यं आफैमाथि पनि अन्याय भएको छ, रोगले जीर्ण भएको शरीरलाई तपाईले आराम दिनुपर्छ, लोकतन्त्र र तपाईंको छविलाई बचाउन पनि तपाईंले राजीनामा दिन उपयुक्त हुन्छ।’

Order Now: 98510-87891

पूर्वप्रधानमन्त्री तथा समाजवादी पार्टीका नेता समेत रहेका पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले एसईई परीक्षा लिन आवश्यकतानै नभएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता डा भट्टराईले तत्काल उनीहरुको परीक्षा लिन संभव पनि नभएको र लिन आवश्यक समेत नभएको बताएका हुन्। ‘यसैपनि हाम्रो माध्यमिक शिक्षा १२ सम्म हो। १२ कक्षाको अन्तमा परीक्षा हुन्छ। १० कक्षाको अन्तिममा लिइने परीक्षा लिन आवश्यकतै छैन । विद्यालयलाई आन्तिरक रूपमा नै मूल्यांकन गर्न भने हुन्छ,’ उनले भने ।

सरकारले बाध्यतावस विदेशमा श्रम गर्न पुगेका लाई अत्यन्त गम्भीर अवस्थामा स्वदेशमा नआऊ भनेकोमा पनि उनले आक्रोश व्यक्त गरेका थिए। ‘नागरिकलाई देश फर्कन नदिएर अनागरिक बनाइएको छ । यो संविधानको व्यवस्था विपरीत हो,’ उनले भन ।

‘श्रम गर्न गएका नागरिकको अवस्था चिन्ताजनक छ। विदेशका विभिन्न स्थानबाट नेपाली नागरिकलाई फर्कन भनेको छ। तर हाम्रो सरकार जिम्मेवार छैन,’ उनले भने, ‘सामाजिक सञ्जालमा एक भिडियो भा’इरल भएको छ। नेपालीले कहाँ जाने भनेर भनिरहेका छन्। तर सरकारलाई कुनै चासो छैन।’ उनको को;रोनाको परीक्षणको दायर विस्तार गर्न समेत माग गरे। ‘परीक्षणको संख्या नगण्य छ। कतिपय देशमा प्रतिदश लाख ५० हजारसम्म परीक्षण भएको छ।

नेपालमा प्रति दश लाख ५ सय जनाको मात्र परीक्षण भएको छ। यो एकदमै कम हो,’ उनले भने, ‘सरकार ढुक्क भएर बस्न मिल्दैन। यतिबेला आरो’प प्र’त्यारोप गर्नु शोभनीय हुँदैन। मंसिर अन्तिमदेखि विश्वमा महामारी फैलाउन थालेको को;रोना नियन्त्रणमा सरकार कति गैरजिम्मेवार रहेछ भन्ने देखाएको छ।’ ‘सरकारले बाध्यतावस विदेशमा श्रम गर्न पुगेकालाई अत्यन्त गम्भीर अवस्थामा स्वदेशमा नआऊ भनेको छ। नागरिकलाई अनागरिक बना इएको छ।

यो संविधानको व्यवस्था विपरीत हो, उनले भने । ’

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.