Nepal's No. 1 Digital Newspaper

शुक्रबार थप दुईजना डेङ्गु संक्रमण भेटियोे

२६ वैशाख, बेनी  उच्च ज्वरो आउनु, शरीरमा जाडो हुनु र जोर्नीहरु दुख्ने समस्या लिएर बेनी अस्पतालमा उपचार लागि आएका दुईजनाको परीक्षण गर्दा डेङ्गु संक्रमण पोजिटिभ देखिएको छ ।

बेनी नगरपालिका–५ भिरमुनीका २० वर्षीय युवा र बेनी नगरपालिका–६, छापका २३ वर्षीय युवामा शुक्रबार डेंगु पुष्टि भएको बेनी अस्पतालका मेडिकल रेकर्डर सुपरभाइजर प्रकाश शर्माले बताउनुभयो । योसँगै हिमाली जिल्ला म्याग्दीमा डेंगु रोगको सक्रमण हुनेको संख्या नौ पुुगेको छ । मेडिकल रेकर्र्डर सुपरभाइजर शर्माका अनुसार शुक्रबार डेंगु पोजेटिभ भेटिएका दुवैको चिकित्सकको निगरानीमा उपचार भैरहेको छ । दुवैकाे स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

गत आइतबार तीन जना र बुधबार दुई जनामा डेंगु पोजिटिभ भेटिएको थियो ।
पछिल्लो तथ्याङ्क अनुसार बेनी नगरपालिकामा ६, मंगला गाउँपालिकामा २ र मालिका गाउँपालिकामा १ जनामा डेंगु देखिएको छ । म्याग्दीमा डेंगु पाेजिटिभ भेटिएकामध्ये एकजना थप उपचारका लागि पोखरा रिफर गरिएको छ । तीन जनाको बेनी अस्पतालमा उच्च सतर्कतासाथ उपचार भइरहेको बेनी अस्पताका डाक्टर मनोज घिमिरेले बताउनुभयो ।

Order Now: 98510-87891

विश्वभर कोभिड–१९ का विरुद्ध लकडाउन जारी रहेको अवस्थामा म्याग्दी जिल्लाको सदरमुकाम बेनी तथा ग्रामीण क्षेत्रमा नै डेंगुका संक्रमितहरु भेटिनुले उच्च सतर्कता अपनाउन पर्ने देखिएको बेनी अस्पतालका डाक्टर घिमिरेले बताउनुभयो ।

यसैबीच, जिल्लाका स्थानीय तहले बिहीबारदेखि डेंगु सार्ने लामखुट्टे खोज र नष्ट गर अभियान थालेका छन् । बेनी बजारमा विभिन्न २८ समूह बनाएर सरसफाइ गरिएको बेनी नगरपालिकाका प्रवक्ता रामकृष्ण बराईलीले जानकारी दिनुभयाे । 


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.