Nepal's No. 1 Digital Newspaper

सिंहदरबार गेटमा चिनियाँ नागरिक र प्रहरीबीच झडप, डीएसपी घाइते

२६ वैशाख, काठमाडौँ । काठमाडौंमा रहेका चिनियाँहरुको एक समूहले स्वदेश फर्किन पाउँ भनी सिंहदरबारअघि प्रदर्शन गरेपछि उनीहरुमध्ये ३२ चिनियाँलाई प्रहरीले पक्राउ गरेको छ ।

सो समूहले सिंहदरबारको मुख्य गेटतर्फ प्रदर्शन गरेपछि प्रहरीले ११ महिला र २१ पुरुषसहितको समूहलाई पक्राउ गरेको हो।

प्रदर्शनका क्रमममा उनीहरुले प्रहरीलाई समेत हातपात गरेको प्रहरीले जनाएको छ।

Order Now: 98510-87891

सो प्रदर्शनका क्रममा सिंहदरबार वृतका प्रमुख डीएसपी हरिबहादुर बस्नेतलाई चोट लागेको प्रहरीले जनाएको छ।

उनीहरुले यहाँ राम्रो खानेबस्ने व्यवस्था नभएकोले आफ्नै देश जान पाउनुपर्ने दाबी गरेका हुन् ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.