Nepal's No. 1 Digital Newspaper

अपराह्न ४ बजेदेखि संसद्को बजेट अधिवेशन सुरु

आज अपराह्न ४ बजेदेखि संसद्को बजेट अधिवेशन सुरु हुँदै छ । कोरोना भाइरसको जोखिम रहेकै वेला संघीय संसद्को बजेट अधिवेशन सुरु हुन लागेको हो ।

सभामुख सापकोटाले शुक्रबार बिहान पत्रकारहरूसँग कुरा गर्दै उच्च सतर्कता अपनाई बैठक सञ्चालन गर्न लागिएको बताए । उनले बैठककक्षभित्र दूरी कायम गर्ने सवालमा विश्व स्वास्थ्य संगठनको दिशानिर्देश, नेपाल सरकारको निर्णय र स्वास्थ्य टिमको मापदण्डअनुसार नै बैठक बस्न लागेको बताए ।

Order Now: 98510-87891

सभामुख अग्निप्रसाद सापकोटाले कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखि सम्पूर्ण तयारी पूरा भइसकेको बताए ।  सांसदहरू बस्ने कुर्चीहरूबीच अन्तर राख्ने, मास्क अनिवार्य लगाउनुपर्ने, संसद् भवन प्रवेश गर्नुअघि ज्वरो नाप्ने, साबुनपानीले हात धुने, बोल्ने वेला माइकलाई स्यानिटाइज गर्ने लगायतका उपाय अपनाइएको छ ।

उनले सांसदहरू बस्ने कुर्चीको दूरी कायम गर्न दायाँ र बायाँ एक मिटर ५० सेन्टिमिटर कायम गरिएको र अगाडि र पछाडि एक मिटर ३० सेन्टिमिटर कायम गरिएको बताए । 

सभामुख सापकोटाले आजको बैठक नियमित एजेन्डाहरूको अतिरिक्त दलका नेताहरूले शुभकामना दिएपछि समाप्त हुने बताए । उनले २८ गते ११ बजे प्रतिनिधिसभाको र १ बजे राष्ट्रिय सभाको बैठक बस्नेसमेत बताए । २८ गतेको बैठकमा नेपाल सरकारका अर्थमन्त्री डा। युवराज खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकता सम्बन्धी ९ प्रिबजेट प्रस्तुत गर्नेछन् । त्यसपछि केही समय स्थागित भएर पुनः बैठक बस्नेछ र प्रिब जेटमाथि छलफल सुरु हुनेछ । 

२९ र ३० गतेसम्म छलफल चल्ने सभामुख सापकोटाले बताए ।  त्यसपछि जेठ २ गते राष्ट्रपति विद्यादेवि भण्डारीबाट नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुने कार्यक्रम रहेको छ । जेठ ३ गते बैठक बस्ने छैन भने ४ गतेदेखि नीति तथा कार्यक्रममाथि छलफल सुरु हुनेछ र छलफलमा उठेका प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिनेछन् । जेठ १३ गते अर्थमन्त्री खतिवडाले आगामी आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्ने कार्यक्रम रहेको छ भने संवैधानिक व्यवस्थाअनुसार नै जेठ १५ गते आर्थिक वर्ष ०७७्/७८ को बजेट प्रस्तुत हुनेछ ।

सभामुख सापकोटाले बजेट अधिवेशनमा सांसदहरूको उपस्थिति अधिकतम बनाउने विषयमा आफूले अधिकतम पहल गर्नेसमेत बताए । यसअघिको हिउँदे अधिवेशनका केही बैठकमा गणपूरक संख्या नपुग्दा बैठक स्थगित हुँदै आएकाले कतिपय विधेयकमाथिको छलफल नै सम्पन्न हुन सकेको थिएन । सोही कुरालाई मध्यनजर गर्दै सभामुख सापकोटाले यसपटक आफ्नोतर्फबाट सकेसम्म भाग लिनका लागि अधिकतम उत्प्रेरित गर्ने बताए ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.