Nepal's No. 1 Digital Newspaper

भारतमा मालबाहक रेलले किच्दा १६ जना मजदुरको मृत्यु- प्रधानमन्त्री मोदीले घटनाप्रति दुख व्यक्त

भारतको महाराष्ट्र स्थित औरंगाबादमा मालबाहक रेलले किच्दा १६ जना मजदुरको मृत्यु भएको छ । शुक्रबार बिहान रेलको पटरी नजिकै सुतिरहेका उनीहरुलाई रेलले किचेको भारतीय संचार माध्यमहरुले जनाएका छन् ।

नजिकैको अर्को जिल्ला जल्नाको स्टिल कम्पनीका काम गर्ने ती मजदुरहरू लकडाउनले काम बन्द भएपछि घर जान हिँडेका थिए । घटनामा परी घाइते भएका पाँच जनालाई स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।

Order Now: 98510-87891

भारतमा कोरोना भाइरसको संक्रमण रोक्न गत मार्च २५ देखि देशव्यापी लकडाउन गरिएको छ । लकडाउनका कारण लाखौ मजदुर विभिन्न राज्यमा अलपत्र परेका थिए । तीमध्ये कतिपय हिँडेर घर गएका छन् भने कतिलाई पछि बस र रेलबाट घर पठाइएको थियो ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले घटनाप्रति दुख व्यक्त गर्नु भएको छ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.