Nepal's No. 1 Digital Newspaper

विश्वका कोरोनाले २ लाख ६४ हजार १३३ जनाको मृत्यु, ब्राजिलमा २४ घण्टामा कोरोनाले ६१५ को मृत्यु

२५ बैशाख, काठमाडौं । विश्वका २१५ देशमा फैलिएको कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ लाख ६४ हजार नाघेको छ । बिहीबार बिहानसम्म कोरोनाका कारण २ लाख ६४ हजार १३३ जनाको मृत्यु भइसकेको छ ।

कोरोना भाइरसको संक्रमणका कारण सबैभन्दा धेरै अमेरिकामा ७४ हजार २०० को ज्यान गएको छ । बेलायतमा ३० हजार ७६, इटलीमा २९ हजार ६८४, स्पेनमा २५ हजार ८५७ तथा फ्रान्समा २५ हजार ८०९ को कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।

Order Now: 98510-87891

हालसम्म ३८ लाख १२ हजार भन्दा धेरैमा संक्रमण हुँदा १२ लाख ९२ हजार ११७ जना उपचार पछि निको भइसकेका छन् । २२ लाख ५६ हजार ६६२ उपचाररत छन् । जसमध्ये ४८ हजार २०१ को अवस्था गम्भीर रहेको छ । बाँकीको स्वास्थ्य अवस्था मध्यम रहेको छ ।

ब्राजिलमा कोरोना भाइरसका कारण पछिल्लो २४ घण्टामा ६१५ जनाको मृत्यु भएको छ । यो आंकडा दक्षिणी गोलार्धमा रहेको एक देशमा एक दिनको संख्यामा हुने मृत्युको संख्याका आधारमा सब भन्दा धेरै हो ।

ब्राजिलका स्वास्थ्यमन्त्रीले अब सरकारले सबैभन्दा बढी प्रभावित सहरहरुमा लकडाउन लगाउने सक्ने बताएका बीबीसीले जनाएको छ । ब्राजिलमा ८ हजार ५६६ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ । १ लाख २६ हजारभन्दा धेरैमा संक्रमण भइसकेको छ ।

ब्राजिलमा ८ हजार ५६६ जनाको कोरोनाका कारण ज्यान गइसकेको छ । १ लाख २६ हजारभन्दा धेरैमा संक्रमण भइसकेको छ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.