Nepal's No. 1 Digital Newspaper

लकडाउन अबधी जेठ ५ सम्म कुनै खेलकुद गतिविध नगर्न सरकारको निर्णय

२४ वैशाख, वीरगञ्ज । नेपाल सरकारले लकडाउनको मिति जेठ ५ गतेसम्मका लम्बयाएको घोषणा गरेको छ ।

आज अर्थात बुधबार बसेको मन्त्रिपरिषद बैठकले खेलकुदका कुनै पनि गतिविधरु सो समयसम्म गर्न नपाउने निर्णय गरेको छ ।

बैठकले नेपालभरि रहेको खेलकुद स्थलहरु समेत खोल्न नपाउने निर्णय गरेको छ ।

Order Now: 98510-87891

नेपालमा रहेका कुनै पनि रंगशाला,खेलकुद मैदान,जिमखाना,ईण्डोर रंगाशाला खोलेको पाईएमा कडा कारवाही गर्ने सोत उल्लेख गरेको छ ।

कोरोना भाईरसको महामारीले त्रासदी फैलाउन शुरु गरेपछि नेपालमा पहिलोपटक चैत्र ११ गते लकडाउनको घोषणा गरिएको थियो । नेपालको खेलकुदको नियामक निकाय राष्ट्रिय खेलकुद परिषदले चैत्र ११ गते देखि बैशाख १८ गतेसम्मका लागि कुनै पनि खेलकुद गतिविधि नगर्न नगराउन उर्दी जारी गरेको थियो ।

खेलकुदका गतिविधिहरु रोक्किदा विभिन्न खेलका राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलका तालिकासँगै विभिन्न खेल संस्थाहरुको आन्तरिक कार्यक्रमको तालिकामा असर पर्दै आएको छ ।

नेपालमा खेलको गतिविधि र त्यसबाट हुने आर्थिक पाटोमा भने उल्लेखनिय असर नपर्ने भएपनि खेलाडीहरु तालिम र अवसरबाट भने बञ्चित हुन परेको छ ।

यसअघि तेश्रो चरणमा घोषित बैशाख २५ गतेसम्मका लागि लकडाउन आज राति १२ बजे सक्किदैछ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.