Nepal's No. 1 Digital Newspaper

कूर्म जयन्तिको धार्मिक महत्व

पं – बालमुकुन्द देवकोटा

२४ बैशाख, काठमाडौं । कूर्म जयन्तिको धार्मिक महत्व यस्तो रहेको छ। मिति २०७७ साल बैशाख २५ गते बिहिबार पूर्णिमा तिथी साँझ ५ / ३ बजेसम्म त्यस उप्रान्त जेष्ठकृष्ण प्रतिपदा तिथी आरम्भ हुने भएकोले यो दिन कूर्म भगवानको जयन्ति भएकोले देवी देवताले धर्म रक्षार्थ वा मानव कल्याणार्थ पृथ्वीमा मनुष्य अथवा पशु रूपमा अवतरित (रूप बदलेर) हुनुहुन्छ भने त्यो रूपलाई नै त्यो देवताको अवतार भन्ने बुझिन्छ।

जस्तै भगवान विष्णुले मानव कल्याण र धर्म रक्षाको लागि मत्स्य अवतार, नृसिंह अवतार, वामन अवतार आदिको रूपमा अवतार लिनु भएको थियो।मानव कल्याण र धर्म रक्षाकोलागि भगवान् विष्णुले अनेकौ पशु आदि अवतार लिएको कुरा हिन्दू धर्म ग्रन्थहरूमा प्रसस्त कथाका रूपमा पाईन्छ ।

Order Now: 98510-87891

भगवान विष्णुको दोस्रो अवतार हो । यो अवतार भगवान विष्णुले समुद्र मन्थनको वेला देवता र दैत्य एक भै मन्दराचल पर्वतलाई मदानी बनाएको तर मन्दराचल समुद्रको गहिराईमा डुबेको देखेर दैत्य देवताको प्रार्थना अनुसार भगवान विष्णु कुर्म रूपले अवतरित भै समुद्र भित्र प्रवेश गरि मंदराचल आफ्नो पीठमा धारण गरेर समुद्र मन्थनमा सहयोग गर्नु भएको थियो।

हिन्दू धर्मका अनुशार कूर्म कच्छवातार भगवान विष्णुको दोस्रो रूप हो। कूर्मावतारमा भगवान विष्णुले कछुवाको रूप धारण गरेर समुन्द्र मथन गरिरहेका देवता र दैत्यहरूको उदार गर्नु भएको थियो।यो अवस्थामा भगवान विष्णुले तिनवटा रूप धारण गर्नु भएको थियो।जसको बर्णन गरिएको छ।

स्वर्गका राजा ईन्द्र एक दिन ऐरावत हात्तीमा सवारि भएर सैर गर्दै थिए।अचानक उनको भेट महर्षी दुर्बाशासँग हुन गयो। दुर्बाशा ऋषिले देवराजको स्वागतार्थ आफ्नो गलाको माला निकालेर दिँदा भए। देवराज ईन्द्रले माला आफुले न पहिरेर ऐरावत गजलाई पहिराई दिए।ऐरावत मत्त भएर झुलिरहेको थियो।अत: माला चुँडेर भुईँमा खस्यो र ऐरावत हात्तीको खुट्टा मुनी कुल्चियो। यो देखेर दुर्बाशा ऋषी क्रोधित भएर देवराज ईन्द्रलाई घमण्ड गरेको भनी राज्य पदच्युतको श्राप दिए।श्रापका कारण स्वर्गमा दैत्यहरूले कब्जा जमाए। दैत्यराज बली स्वर्गका राजा भए।

त्यसपछी सँधै जसो देव दानवमा युद्ध हुन थाल्यो।देवताहरू सँधै हार्दै गए। एक दिन देवताहरू साह्रै दु:खी भएर ब्रह्माजी ठाउँ गएर प्रार्थना गरे “हे सृष्ठीकर्ता प्रभु ! दानवहरूले पुरा स्वर्ग नै सखाप पार्न थाले दैत्यराज बलिले उल्टो नियम चलाएर हजुरको सृष्ठी विनास गर्दै छन्। कोही उपाए सोच्नु होस् नत्र हजुरको सृष्ठी विनास हुने बखत आयो।”

यती सुनेर ब्रह्माजीले सबैलाई विष्णु भए ठाउँ जाने सल्लाह दिए। त्यसपछी ब्रह्माजी सहित देवताहरू भगवान विष्णुको वासस्थान वैकुण्ठ धाम गए। देवताहरूले भगवान विष्णुको प्रार्थना गरेर सबै वृतान्त सुनाए। यो सुनेर भगवान विष्णुले दैत्यहरू सँग मेल गरी समुन्द्र मथनको राय दिनुभयो।समुद्र मथनमा देवता र दानवहरू मिलेर बासुकी नागको नेती र मन्दराचल पर्वतको मदानी बनाएर क्षिर सागरलाई दही मथे जस्तै गरी मथ्नु पर्नेछ र यसरी मथिएमा सागरबाट अमृतको उत्पत्ती हुनेछ।

अमृतको प्राप्ती पछि देवताहरूले अमृत खाएर दैत्यहरूसँग युद्ध गरी दानवहरूलाई मारेर पुन: स्वर्ग प्राप्ती हुने कुरा भगवान बिष्णुले बताउनु भयो।यो उपाय थाहा पाएपछि देवताहरू दैत्य राज बली भएको ठाउँमा गएर भनेकी “महाराज! हामी एउटै बाबु कश्यप ऋषिका सन्तान हौँ। केवल हाम्री आमाहरू फरक भएकाले हामी सौते भाइ भयौँ।

हामिले अब आपसमा वैरभाव राख्न उचित छैन हामीहरूले भगवान विष्णुको राय बमोजिम समुद्र मथन गर्नु पर्‍यो जसबाट अमृत प्राप्ती हुने छ। त्यो खाएर हामी कहिल्यै नमर्ने हुने छौँ। हामीलाई भगवान विष्णुले सहयोग गर्नु हुनेछ।” यो सुनेर दैत्यराज बली सहित सबै दानवहरू देवताको योजनासँग सहमती भए।सबै मिलेर मन्दराचल पर्वतलाई उठाएर क्षिर सागरमा लगे। बासुकी नाग पनि नेती बन्नकोलागी सहमत भए।


मन्दराचल पर्वत समुन्द्रको गहिराईमा डुब्न लाग्यो।यो देखेर देव दानवहरू फेरी बिष्णुको शरण लिन पुगे।भगवान विष्णुले पनि कछुवाको रूप धारण गरेर पर्वतलाई आफ्नो पिठमा अड्काउनु भयो।समुन्द्र मथनबाट सबै भन्दा पहिले हलाहल नामको बिषको उत्पत्ती भएको थियो हलाहल बिषको असर देवताहरूले सहन सकेनन्। भगवान शिवले त्यो हलाहल बिष सबै पिए।

शिवले हलाहल खाए पछि उनको घाँटी निलो पर्न गयो।त्यसैले शिवलाई निलकण्ठ भनिएको हो। यसै गरी समुद्र मथनबाट धनकी देवी लक्ष्मी, काम धेनु, रम्भा नामकी अप्सरा, उच्चश्रवा घोडा, भगवान विष्णुको गलामा पहिरिएको कोस्तुभमणी, पारीजात कल्प वृक्ष, आदी १३ रत्न पछि अमृतको उत्पत्ती भएको थियो।


मोहनी रूपी विष्णुले छल कपट गरेको थाहा पाएर दैत्यहरूले फेरी देवताहरूमाथी आक्रमण गरे। देव दानवको भयंकर सग्राम मच्चियो। त्यस बेला देवराज ईन्द्रपुत्र जयन्तले अमृत कलशको रक्षाको जिम्मा लिए।युद्ध पुरा १२ वर्ष सम्म चलेको थियो।जयन्तले अमृत कलशलाई १२ वर्ष सम्म ४ अलग अलग ठाउँमा राखेका थिए।जहाँ जहाँ जयन्तले अमृत कलश जसलाई कुम्भ कलश पनि भनिन्छ लुकाएका थिए तिनै ठाउँहरूमा प्रतेक १२ बर्षमा कुम्भ मेला लाग्दछ।

कुम्भ कलश राखेको ठाउँमा अमृतका छिटा परेको विश्वास गरिन्छ।देवता-दैत्य युद्धमा अधिक तर दैत्यहरू मारिए अमृत खाएकाले देवताहरू मरेनन्। अन्तमा देवताको विजय भयो देवताहरूले पुन: स्वर्ग प्राप्त गरे।पछि गएर देवताहरूले भगवान कूर्मको प्रार्थना गरे।भगवान कूर्मले देवताहरूलाई “जसले भगवानको आशा राखेर कर्म गर्छ।

त्यसैलाई सत्य सूख प्राप्त हुन्छ। जो घमण्ड र अभिमानको सहारा लिएर काम गर्छ त्यसले कहिल्यै पनि अमृत जस्तो सूख प्राप्त गर्न सक्दैन।” भन्ने उपदेश दिएर अन्तर्ध्यान हुनुभयो।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.