Nepal's No. 1 Digital Newspaper

जर्वजस्ती करणी गरेको अभियोगमा ३ जना पक्राउ

२४ बैशाख, रौतहट। फतुवा बिजयपुर नगरपालिका– ८ बिजयपुर बजार बस्ने ५० वर्षीय टेक बहादुर चौधरीलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले रौतहटका १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा जर्वजस्ती करणी गरेको अभियोगमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।

Order Now: 98510-87891

ती किशोरीलाई विभिन्न प्रलोभन देखाई पटक पटक गरी ४ पटक जबरजस्ती करणी गरेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय लक्ष्मीनियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यसै गरी झापाकी ७ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा हल्दीवारी गाउँपालिका– ५ कन्चनश्री बस्ने ५२ वर्षीय रन बहादुर नेम्बाङलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ती बालिका नेम्बाङको घरमा खेल्न गएको अवस्थामा जबरजस्ती करणी उद्योग गरेको भन्ने जानकारी पाउना साथ प्रहरी चौकी जलथलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
प्रहरीले पाल्पाकी १२ वर्षीया बालिकालाई जबरजस्ती करणी उद्योग गरेको अभियोगमा बगनासकाली– २ गोफेक बस्ने ३० वर्षीय भविन कुमाललाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बालिका आफ्नै घर जान भनी हिँडिरहेको अवस्थामा पैसा दिन्छु भन्दै ललाई फकाई गरी स्थानीय जंगलमा जबरजस्ती करणी गर्ने प्रयास गरेको खबर प्राप्त हुनासाथ प्रहरी चौकी आर्यभञ्ज्याङबाट खटिएको प्रहरीले कुमाललाई पक्राउ गरेको हो ।

यि आरोपित माथि प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.