Nepal's No. 1 Digital Newspaper

कोरोना उपचारपछि कोशी अस्पतालबाट डिस्चार्ज भए ६ जना

२४ बैशाख, उदयपुर उदयपुरको त्रियुगा नगरपालिका वडा नम्बर ३ मा अवस्थित नुरी मस्जिदमा परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएका उनीहरु विराटनगरको कोशी अस्पताल कोभिड—१९ उपचार केन्द्रमा उपचाररत थिए।

उदयपुरको भुल्केस्थित मस्जिदमा बसेका बेला परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएपछि वैशाख ५ गते राति उनिहरुलाई प्रदेश सरकारले कोशी कोभिड १९ उपचार केन्द्रमा ल्याएको थियो। प्रदेश १ मा कोरोनाको उपचार गराइरहेका ६ जना डिस्चार्ज भएका छन्।

Order Now: 98510-87891

प्रदेश १ सरकारले संचालनमा ल्याएको कोशी अस्पताल कोभिड—१९ उपचार केन्द्रमा उपचार गराएर ठिक भएका ६ जना भारतीय नागरिक बुधबार डिस्चार्ज भएका हुन्।

उनीहरुको पिसिआर परीक्षणमा दुई पटक कोरोना रिर्पोट नेगेटिभ आएपछि बुधबार अस्पतालबाट विदाई गरिएको हो। डिस्चार्ज भएकाहरु विराटनगरको रानीस्थित क्वारेन्टाइनमा पुनः १४ दिन बस्नेछन्। त्यहाँ १० शैयाको क्वारेनटाइन तयार छ।

कोशी अस्पतालका अनुसार कोरोनामुक्त भई डिस्चार्ज हुनेमा २१, २६, २८, २९, ३० र ३४ वर्षीय पुरुष छन्।

अस्पताललमा भर्ना भएको १४ दिनपछि दोस्रो र तेस्रो पटकको स्वाब परीक्षण गर्दा कोरोना नेगेटिभ देखिएको कोशी अस्पतालकी मेसु संगीता मिश्रले जानकारी दिइन्।

उनले भनिन् ‘अब क्वारेन्टाइनमा बसेपछि उनीहरुको स्वास्थ्य अवस्था कस्तो हुनेछ भन्नेसमेत निगरानी हुनेछ, आवश्यक परे परीक्षण पनि गरिने छ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.