Nepal's No. 1 Digital Newspaper

अध्यक्ष दाहाललाई भेट्न खुमलटार पुगे वामदेव’

२४ बैशाख, काठमाडौ। नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटेका छन्।

प्रचण्ड निवास खुमलटारमा भएको भेटमा पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको थियो।स्रोतका अनुसार उपाध्यक्ष गौतमले आफू प्रधानमन्त्री ओलीको कित्तामा गइनसकेको बताएका थिए।

Order Now: 98510-87891

‘राष्ट्रिय सभामा आइसकेपछि उहाँलाई बदनाम गराइन्छ,’उनी निकट स्रोतले भन्यो,’बदनाम हुन परेपछि प्रधानमन्त्री नै बन्ने भएकाले उहाँले संविधान संशोधनको सर्त राख्नुभएको हो। संविधान संशोधन गर्न सम्भव हुँदैन भन्नेमा पनि उहाँ स्पष्ट हुनुहुन्छ।’

गत शनिबार बसेको सचिवालय बैठकले उपयुक्त समयमा प्रतिनिधि सभामा ल्याउने भने पनि गौतम भने विश्वस्त हुन सकेका छैनन्।

स्रोतका अनुसार गौतम राष्ट्रिय सभामा आएर उपप्रधानमन्त्री हुने पक्षमा छैनन्।

२५ गते बस्ने स्थायी कमिटी बैठकले गरेको निर्णय अनुसार सबै चल्नुपर्नेमा आफू स्पष्ट रहेको समेत उनले आफू निकटका नेताहरूसँग बताउने गरेका छन्।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.