Nepal's No. 1 Digital Newspaper

जमुनापुर हेल्प सोसाइटी र पदमपुर वेलफेयर कम्युनिटीको सहयोगमा बिपन्नलाई राहत बितरण

कमल राज ढकाल
२४ बैशाख, चितवन। जमुनापुर हेल्प सोसाइटीको सहयोग र पदमपुर वेलफेयर कम्युनिटीको समन्वयमा कालिका नगरपालिका वडा नं-३ को शान्ति टोलमा राहत बितरण गरिएको छ ।

शान्ति टाेल बिकास सस्थामा रहेका बिपन्न ५५ घरधुरीलाई सो राहत सहयोग गरिएको हो । नेपाल सरकारको मापदण्ड अनुसार सानो परिवारलाई १० किलो र ठुलो परिवारलाई २० किलो चामल सहित दाल, नुन, तेल, साबुन बितरण गरिएको हो ।

Order Now: 98510-87891

जमुनापुर हेल्प सोसाइटीको तर्फबाट सो टोल बिकास सस्थाका अध्यक्ष सानुकान्छा घलानलाई राहत सामाग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रममा जमुनापुर हेल्प सोसाइटीका उपाध्यक्ष रमेश कट्टेेल, सचिव बिनोद अधिकारी, कोषाध्यक्ष सुजिन्द्र बहादुर थापा, सल्लाहकार समिति संयोजक कपिलदेव सुवेदी, सल्लाहकार सदस्य शिवराम केसी, मथुरा थापा, भवन निर्माण समितिका संयोजक दिपेश्वर केसी, सस्थाका सदस्य माधव आचार्य, रामेश्वर केसी, रामहरि केसी, पदमपुर वेलफेयर कम्युनिटीका अध्यक्ष गकुल गिरि लगायतको उपस्थिति रहेको थियो ।

जमुनापुर हेल्प सोसाइटीको सहयोग

सोसाइटीले यस अगाडि पनि रत्ननगरको विभिन्न बस्ती र समुदाय हरुमा खाद्यान्न, मास्क, सेनिटाईजर, साबुन सहयोग गरेको थियो ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.