Nepal's No. 1 Digital Newspaper

अस्थायी पोष्टमा तस्कर समूहद्वारा आक्रमण

शुबास रेग्मी
२४ बैशाख, नवलपरासी। श्चिम नवलपरासीको सरावल गाउँपालिकाको भुजहवास्थित सशस्त्र प्रहरीको स्थायी पोष्टमा मंगलबार राति तस्कर समूहले आक्रमण गरेको छ।

नेपाल भारत दुवैतर्फ खाद्यान्नसहितका सामग्री ओसारपसार गर्ने तस्कर समूहले पोष्टमा आक्रमण गरेको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ हेडक्वाटर पश्चिम नवलपरासीका सशस्त्र प्रहरी उपरीक्षक भरत खनियाँले जानकारी दिए।

Order Now: 98510-87891

राति ९ बजे ५०/६० जनाको समूहले बीउको बहाना निकालेर पोष्टमा ढुंगामुडा गरेका खनियाँले बताए।

पछिल्लो समय अवैध रुपमा ओसारपसार हुँदै आएको सामग्री बरामद गर्ने क्रम बढेपछि उनीहरुले आक्रमण गरेका हुन सक्ने खनियाँले बताए।

ढुंगामुडा हुन थालेपछि शसस्त्र प्रहरीले लाठी चार्ज गरी भिडलाई तितर बितर पारेको थियो। ढुंगामुडा हुँदा सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरी समेत प्रहरी पोष्टमा थिए। उनी सीमा सुरक्षाको विषयमा जानकारी लिन त्यहाँ गएको बेला आक्रमण भएको हो।

जिल्लाका किसानले हाइब्रिड धानको बीउ लगाउने गरेका छन्। हाइब्रिड बीउ नेपालमा उपलब्ध नहुने भएकाले विगतमा किसानले भारतीय बजारबाट ल्याउने गरेका थिए। 

बीउको बहानामा आएका अधिकांश व्यक्ति किसान नभई बिगतमा २ नम्बरी धन्दा गर्ने व्यक्ति भएका अध्यक्ष चौधरीको भनाई छ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.