Nepal's No. 1 Digital Newspaper

एनआरएनए सचिवद्वारा भरतपुर महानगरपालिकालाई स्वास्थ्य सामग्री प्रदान

कमल राज ढकाल
२४ बैशाख,
चितवन । एनआरएनए सचिव गौरीराज जोशीले भरतपुर महानगरपालिकालाई कोरोना प्रकोपसँग लड्न स्वास्थ्य सामग्री हस्तान्तरण गर्नुभएको छ ।

उहाँले मंगलबार भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई ६ हजार थान सर्जिकल माक्स र २ थान पि.पि.ई. प्रदान गर्नु भएको हो ।

सो अवसरमा सचिव जोशीले भरतपुर महानगरपालिकाले कोरोना रोगको रोकथाम र नियन्त्रणमा खेलेको भूमिकाको प्रशंसा गर्दै यी स्वास्थ्य सामग्रीले कोरोनासँग लड्न थप मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । अमेरिकाको टेक्ससमा व्यवसाय गरी बस्दै आउनुभएका जोशी एनआरएन को सचिव समेत हुनुहन्छ ।

Order Now: 98510-87891

स्वास्थ्य सामग्री ग्रहण गर्दै महानगरपालिका प्रमुख रेनु दाहालले अमेरिकादेखि नेपाल आएर भरतपुर महानगरपालिकालाई यो संकटको समयमा स्वास्थ्य सामग्री प्रदान गर्नुभएको धन्यवाद व्यक्त गर्नुभयो । समाजसेवी लक्की भण्डारीले आफूहरुले विभिन्न स्थानमा स्वास्थ्य सामग्री वितरण गर्दै कोरोना रोगसँग लड्न सामूहिक प्रयासमा सहयोग पु¥याएको बताउनुभयो ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.