Nepal's No. 1 Digital Newspaper

नयाँ युगमा गोरखापत्र, १२० वर्षमा प्रवेश

२४ बैशाख, काठमाडौं । आजदेखि गोरखापत्र १२० वर्षमा प्रवेश गरेको छ । यो आफँैंमा एक युगभन्दा बढी हो । शताब्दीलाई एक युग मान्ने हो भने गोरखापत्र एक युग पूरा गरी अर्को युगको यात्रामा छ । वि.सं. १९५८ वैशाख २४ गतेदेखि साप्ताहिक रूपमा गोरखापत्रको प्रकाशन प्रारम्भ भएको हो । वार्षिकोत्सवको सुुखद अवसरमा नेपाल सरकार, संस्थानमा कार्यरत पत्रकार–कर्मचारी, लेखक, पाठक, विज्ञापनदाता, शुभेच्छुक सबैमा बधाई तथा हार्दिक शुभकामना व्यक्त गर्दछाँैं ।

गोरखापत्र नै मुलुकको पहिलो खबरपत्रिका हो । पत्रिकाको पर्यायका रूपमा गोरखापत्र नेपाली जनमनमा स्थापित छ । यसलाई अझ चुस्त र दुरुस्त बनाउन व्यवस्थापनमा सुधार र पत्रकार तथा कर्मचारीका लागि उच्चस्तरको प्रशिक्षणलाई निरन्तरता दिनेछाँैं । गएको वर्षदेखि राजधानीबाहिर पूर्वमा विराटनगर र पश्चिममा कोहलपुरबाट प्रकाशन सुरु भएपछि प्रदेशहरूमा बिहानको झुल्के घामसँंगै पाठकको हातहातमा हाम्रा प्रकाशन पुग्न थालेका छन् ।

Order Now: 98510-87891

समाज रुपान्तरण गर्न र संसार सँंगसँंगै हाम्रो सभ्यताको विकासमा पनि सञ्चार र छापा माध्यमको भूमिका सशक्त हुनुपर्छ भन्ने मान्यता स्थापित गर्न सुदृढ जयपृथ्वीबहादुर सिंहले खेल्नुभएको भूमिकाप्रति हामी सबै गौरव गर्दछौँ । एसिया महादेशका औंँलामा गन्न सकिने पत्रिकाहरूको लहरमा गोरखापत्रलाई स्थापित गराउन सिंहले निर्वाह गर्नुभएको भूमिका स्मरणीय छ ।

गोरखापत्र १२०औँ वर्षमा प्रवेश गरिरहँदा मुलुकमा आधा दर्जन प्रकाशनसहितको सञ्चारगृह बनेको छ । गोरखापत्र दैनिकसँंगसँंगै अङ्ग्रेजी भाषाको द राइजिङ नेपाल, मधुपर्क, युवामञ्च र मुना मासिक तथा छिनछिनमा ‘अपडेट’ भइरहने गोरखापत्र अनलाइन नियमित रूपमा प्रकाशन भइरहेका छन् र प्रकाशनको अझ सशक्त पहुुँच विस्तार गरिनेछ ।

गोरखापत्र आफैँमा एक राष्ट्रिय सम्पदा हो । पत्रिका भनेकै गोरखापत्र भन्ने जनजिब्रोमा अमिट बनेको छ र यसलाई जनभाषा र सूचना प्रवाहित गर्ने स्वचालित संस्थाको रूपमा सुदृढ गरिनेछ । संस्थान आर्थिक तथा भौतिक रूपले आत्मनिर्भर बन्ने दिशामा अगाडि बढिरहेको छ । संस्थानका प्रकाशनहरूलाई प्रतिस्पर्धी बजारमा अब्बल प्रकाशनका रूपमा स्थापित गरिरहन प्रयासरत छौँ । विषयवस्तु, साजसज्जा, तस्बिर, छपाइ, लेआउटका दृष्टिमा प्रकाशनहरू अग्रणी रहिरहने प्रण गर्दछाँैं ।

हामी समाजका उज्याला पाटाहरू, सकारात्मक सन्देश र नागरिकका ऊर्जावान्, सिर्जनशील र परिश्रमी बन्ने संस्कार र संस्कृतिको प्रवद्र्धनमा बल पु¥याउन किञ्चित पनि पछि पर्नेछैनौँ । हाम्रो ध्येय नै यही हो । आधुनिक एवं वैज्ञानिक, सामाजिक, आर्थिक र सांस्कृतिक विकासमा थप प्रेरणा प्रदान गर्ने विषयवस्तुहरूलाई उच्चतम प्राथमिकताका साथ समावेश गर्ने कुरामा गोरखापत्र अडिग रहिरहनेछ । हामी राष्ट्र, सरकारसँगै आवाजविहीनहरूको पनि आवाज बनिरहनेछौँ ।

‘समृद्ध नेपाल, सुखी नेपाली’ महाअभियानको प्रवद्र्धनसँगै राष्ट्रको विकास निर्माणका उपलब्धि र सकारात्मक प्रयासहरूको प्रशंसा गर्दै सामग्री प्रस्तुत गर्नु हाम्रो प्राथमिकता हो । राज्यको चौथो अङ्ग भएकाले हामी देशभर सञ्चालित योजना, परियोजना तथा निर्माण कार्यको आलोचनात्मक चेतका साथ निरन्तर अनुगमन गरिरहने छौँ । राज्यको दुुर्लभ स्रोतसाधनको दुुरुपयोग हुन, नासिन, मासिन, बिग्रन, भत्किन र सकिनबाट जोगाउन गोरखापत्रले हरपल खबरदारी गरिरहनेछ ।
अहिले विश्वभर फैलिइरहेको कोरोना महामारी (कोभिड–१९)ले अर्थतन्त्र, बजार, जनजीवन, विकास सबैतिर पारेको नकारात्मक प्रभाव र चुनौती सामना गर्दै कोरोना कहरको बन्दाबन्दीमा समेत प्रकाशनको निरन्तरताका लागि गोरखापत्र संस्थानका सम्पूर्ण पत्रकार, कर्मचारी, प्राविधिक, वितरकहरूले पु¥याइरहेको योगदान प्रशंसनीय छ । आगामी दिनमा आउने चुनौती सामना गर्दै अझै सशक्त रूपमा गोरखापत्रलाई पाठकहरूको पहिलो रोजाइको पत्रिका बनाउने प्रण गर्दछौंँ ।

बधाई तथा शुभकामना !
गोरखापत्र

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.