Nepal's No. 1 Digital Newspaper

पुन बढ्यो अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या, हालसम्म विश्वभर २ लाख ५७ हजार ९७२ को मृत्यु

२४ बैशाख, काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ज्यान गुमाउनेको संख्या पुन : बढ्न थालेको छ । केही दिन कोरोना संक्रमितको मृत्यु निरन्तर घटे पनि पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्यामा बृद्धि भएको छ । सोमबार अमेरिकामा १ हजार १२५ जनाको ज्यान गएको थियो भने मंगलबार १ हजार १०६ जनाको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा यो अघिल्ला दिनहरुको तुलनामा यो संख्या दोब्बर भन्दा धेरैले बढेर २ हजार ३२० को मृत्यु भएको छ ।

यो संख्या सँगै अब अमेरिकामा कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७२ हजार २४१ पुगेको छ ।

पछिल्लो ३४ घण्टामा विश्वभर ८० हजार २८२ कोरोना संक्रमित थपिँदा अमेरिकामा मात्रै २४ हजार १५२ नयाँ संक्रमितको पहिचान भएको छ ।

Order Now: 98510-87891

विश्वका २१५ देशमा कोरोना संक्रमितको संख्या ३७ लाख २३ हजार नाघ्दा अमेरिकामा मात्रै १२ लाख ३६ हजार ९८७ संक्रमित फेला परेका छन् । हाल अमेरिकामा ९ लाख ६५ हजार ६२ कोरोना संक्रमित छन् । यसमध्ये १६ हजार १७५ संक्रमितको अवस्था गम्भीर रहेको छ ।

सबैभन्दा धेरै अमेरिकामा ७२ हजार २४१ को कोरोना संक्रमणका कारण ज्यान गएको छ । बेलायतमा २९ हजार ४२७, इटलीमा २९ हजार ३१५, स्पेनमा २५ हजार ६१३, फ्रान्समा २५ हजार ५३१ जनाmे कोरोनाका कारण ज्यान गुमाएका छन् ।

हालसम्म विश्वभर २१५ देशमा फैलिएको कारोना ३७ लाख २३ हजार ५५४ जना संक्रमित भइसकेका छन् । १२ लाख ३९ हजार ३६८ जना उपचार पछि निको भएर घर फर्किएका छन् ।

२२ लाख २६ हजार २१४ संक्रमितको उपचार भइरहेको छ । यसमध्ये २ प्रतिशत अर्थात ४९ हजार ३१९ कोरोना संक्रमितको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.