भोलि र पर्सि उपत्यका बाहिर जान दिने सरकारको निर्णय

२७ चैत, काठमाडौं । सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने भएको छ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले भोलि र पर्सि बाहिर जान दिने निर्णय गरेको हो ।

११ चैतबाट लागू भएको लकडाउन लम्बिएपछि कतिपय मानिसहरु हिँडेरै गाउँ फर्किन थालेका छन् । विद्यार्थी तथा अनौपचारिक क्षेत्रमा काम गर्नेहरु गाउँ फर्किन चाहेका छन् ।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री बसन्त नेम्वाङकाअनुसार काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई राजमार्गका विभिन्न स्टेशनहरुमा पुर्‍याइदिने निर्णय भएको छ ।

छोटो दुरीको हकमा कसरी जान दिने भन्ने तय भइसकेको छैन । यसबारे गृह मन्त्रालयले गृहकार्य गरिरहेको एक अधिकारीले बताए । राजधानीबाट धेरै मजदूत तथा निम्न आय भएका व्यक्ति हिँडेरै बाहिर जान थालेपछि समितिले यो निर्णय गरेको हो ।

तर उपत्यका बाहिरबाट काठमाडौं आउन दिइने छैन ।

Be the First to Advertise Us

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *