Nepal's No. 1 Digital Newspaper
728 X 90 Popkorn

कोरोनाको जोखिम नियन्त्रणमा लगाइएको लकडाउन को आज दोश्रो दिन

१२ चैत्र, काठमाडौ । कोरोना भाइरस कोभिड १९ को जोखिम नियन्त्रणका लागि सरकारले लगाएको आवागमन प्रतिबन्धको दोश्रो दिन आज पनि काठमाण्डौ उपत्यका लगायत देशभर विहानैबाट पालना भएको छ ।

सार्वजनिक सवारी पूर्णरुपमा बन्द छन् भने सडकमा सर्वसाधारणको आवत जावत पनि बन्द छ । तर अत्यवश्यक सेवाका केही सवारी साधन चलेका छन् । त्यसैगरी अत्यवश्यक सेवामा खटिएका ब्यक्तिहरु पनि फाट्टफुट्ट काममा निस्केको पाइएको छ ।

सडकमा सुरक्षाकर्मीको उपस्थिति विहानैबाट बक्लो रुपमा छ । अनाबश्यकरुपमा घर बाहिर निस्कनेहरुलाइ सुरक्षाकर्मीले सम्झाइ बुझाइ गरेका छन् ।

- Advertisement -

हिजो पहिलो दिन धेरैले आवागमन प्रतिबन्धको उल्लंघन गरेकाले आज थप कडाइ गरिएको छ । यसैबीच हिजो पहिलो दिन आवश्यक वस्तु तथा सेवा संचालन गर्ने निकायहरु पनि बन्द देखिएको जनाउदै गृह मन्त्रालयले आबश्यक वस्तुहरुको कारोबार गर्ने पसलहरु सदाझै निर्वाध संचालन गर्न अनुरोध गरेको छ ।

भिडभाड नहुने गरी सुरक्षितरुपमा आबश्यक वस्तुहरुको पसल संचालन गर्न मन्त्रालयले अनुरोध गरेको हो । खासगरी स्वास्थ्य, सरक्षा, खाद्यवस्तु, खानेपानी, दुध, संचार लगायतका आबश्यक वस्तुहरुको कारोबार गर्ने पसलहरु सदाझै निर्वाध संचालन गर्न गृह मन्त्रालयले अनुरोध गरेको हो ।

Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.