१५१ देशमा कोरोनाको संक्रमण, अमेरिकी राष्ट्रपति ट्रम्पको परिक्षण रिपोर्ट नेगेटिभ, करिब ६००० को मृत्यु

३ चैत, काठमाडौं । चीनमा कमजोर देखिदैं गएको कोरोनाको प्रभाव विश्वका अन्य देशमा भने आक्रामक रुपमा बृद्धि भईरहेको छ । आइतबार बिहानसम्म विश्वका १५१ देशमा कोरोनाको संक्रमण देखिएको पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठनले जनाएअनुसार विश्वभर कोरोनाबाट १ लाख ५६ हजार ५३३ मानिस संक्रमित भएका छन् ।

आइतबारसम्म कोरोनाको कारण ५ हजार ८३५ जनाको ज्यान गईसकेका अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

ट्रम्पको परिक्षण रिपोर्ट नेगेटिभ

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई कोरोनाको संक्रमणको आशंकामा गरिएको परिक्षण नेगेटिभ देखिएको छ । ब्राजिली राष्ट्रपति जैर बोल्सोनारोका प्रेस सचिवालय हेर्ने फाबियो वाजिनगार्टेनसँग साँझको सँगै खाना खाएको एक हप्तापछि ट्रम्पको परीक्षण भएको हो ।

फाबियोलाई कोरोना भाइरसको संक्रमण भएको छ । ७३ वर्षीय ट्रम्पले आफूलाई संक्रमण नभएको र परीक्षण गर्न आवश्यक नरहेको बताउँदै आएका थिए ।

उनलाई परीक्षण गर्नुपर्ने दबाब बढेको थियो । बारम्बार प्रश्न उठ्न थालेपछि उनले परीक्षण गर्ने बताएका थिए ।

स्पेनका प्रधानमन्त्री पेड्रो सांचेजकी पत्नीमा कोरोना संक्रमण

यसैबीच स्पेनका प्रधानमन्त्री पेड्रो सांचेजकी पत्नी डोनाको कोरोना परिक्षण रिपोर्ट पोजिटिभ देखिएको छ । प्रधानमन्त्री पत्नीमा कोरोना संक्रमण देखिएसँगै स्पेनले देश नै पूर्णं रुपमा लकडाउन गरेको छ । यता फ्रान्समा कोरोना भाइसर आक्रामक रुपमा देखिएसँगै बजार, कलकारखाना, विद्यालयलगायत सबै क्षेत्र बन्द गरिएको छ ।

जर्मनी र इजरायलमा सार्वजनिक स्थानमा हिंड्न डुल्न प्रतिबन्ध गरिएको छ ।

फ्रान्सको उपमन्त्रीमा पनि देखियो कोरोना संक्रमण

फ्रान्सको उपमन्त्री ब्रुन पायरसनमा कोरोना पोजेटिभ देखिएको छ । त्यहाँको सरकारी सञ्चार माध्यमले मन्त्री पायरसनमा कोरोना देखिएको पुष्टी गरेको हो ।

जनाइएअनुसार उनलाई हाल डाक्टरको निगरानीमा राखिएको छ । उनलाई क्वारेन्टाइनमा पठाइएको छ । यसअधि फ्रान्सकै संस्कृति मन्त्री फ्रेन्क रीस्टरमा पनि कोरोना संक्रमण देखिएको थियो ।

इटलीलाई चीनले सहयोग गर्ने

चीनपछि यूरोपेली देश इटलीमा कोरोना भाइरसले भयावह अवस्था बनाएको छ । आइतबार बिहानसम्म २१ हजारभन्दा बढि मानिस संक्रमित भएको पुष्टि भएको थियो ।

हालसम्म इटलीमा १४४१ मानिसको कोरोनाकै कारण ज्यान गईसकेको छ । यसैबीच चीन सरकारले कोरोनाको कारण संकटग्रस्त बनेको इटलीलाई सहयोग गर्ने भएको छ ।

शनिबार राती चिनियाँ स्वास्थ्यकर्मीसहितको मेडिकल टिम इटली पुगेको छ । उनिहरुले कोरोना संक्रमितको लागि आवश्यक उपकरण र विभिन्न औषधीहरु लिएर गएको जनाइएको छ ।

कुन देशमा कतिमा देखियो कोरोनाको संक्रमण ?

देशसंक्रमणकुल मृत्यू
चीन80,844    3,199
इटली21,157   1,441
ईरान12,729    611    
दक्षिण कोरिया8,162   75
स्पेन6,391    196
फ्रांस4,469   91
अमेरिका2,836   57 
जापान1,500   29
ब्रिटेन1,140 21
स्विटजरलैंड1,375    13
भारत9902

एजेन्सीबाट

Be the First to Advertise Us

Comments

comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *