Nepal's No. 1 Digital Newspaper

चेल्सीको मैदानमा वायर्नको शानदार जित

१४ फागुन, काठमाडौं । चेल्सीको मैदानमा वायर्नको शानदार जित । सर्जी नाब्रीले दुई गोल गरेपछि जर्मन क्लब वायर्नले च्याम्पियन लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेग खेलमा इंग्लिस क्लब चेल्सीमाथि शानदार जित हात पारेको छ । वायर्नले चेल्सीलाई उसैको मैदानमा ३-० ले पराजित गर्दै दोस्रो लेगका लागि सजिलो बनाएको छ । लण्डन क्लब चेल्सीको घरेलु मैदान स्टानफोर्ड ब्रिजमा भएको पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफमा ३ गोल भयो ।

५१औं मिनेटमा सर्जीले गोल गर्दै वायर्नलाई अग्रता दिलाए । त्यसको ३ मिनेटपछि सर्जीले नै गोल गर्दा वार्यनले अग्रता दोब्बर बनायो । यस्तै रोवर्टो लेवान्डोस्कीले ७६औं मिनेटमा गोल गर्दै जित पक्का गरेका थिए । ८३औं मिनेटमा मार्कोस अलोन्सो रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि चेल्सीले दश खेलाडीमा रहेर खेल सकाएको थियो ।

Comments

comments

728 X 90 Popkorn

- Advertisement -

Leave A Reply

Your email address will not be published.