Nepal's No. 1 Digital Newspaper

श्रीमती र सम्बन्ध बिच्छेद – भाग ३

सरु बजगाई

झरे पछी झिर झिर गरी असिना
केहि राख्दैन रैछ अनाजका दाना
चल्यो हुरि उडायो खुशी आधिले
आसु सङै मिसिएर बर्शिए पसिना

Order Now: 98510-87891

म उहि दुःखी सरु, हस्पिटलको बसाई र छोरीको पर्खाईले आजित भैसकेको थिए । लगभग प्रकृती र गौरव बाहिर निस्केको पनि दुई घन्टा जस्तै भैसकेको थियोे । मेरो आँखाले उनीहरु आउने बाटो हेर्दा हेर्दै थकाई मार्न खोज्दै थियो । छोरी प्रकृती निरास हुदै हस्पिटलको गेटमा देखा परिन ।

मैले हतार हतारमा नजीक गएर भने नानी गौरव बाबु खोइ त ?
छोरी : जानु भयो उतैबाट घरमा
म : के भन्नुभयो त डाक्टरले ?
छोरी : ममी हाम्रो बाबालाई यो हस्पिटलमा उपचार सम्भव छैन रे,
म : किन रे ?
छोरी बाबालाई उपचारको लागी थुप्रै पैसा लाग्ने भएर उहाँको बोसले केहि समय राखौ यहि त्यसपछि उसको मुत्र्यु हुन्छ मलाई केहि चिन्ता गर्नु पर्दैन बनेर पो याँहा लेराएको रे ।

म अचम्मित भए … हे प्रभु हे ईश्वर मान्छेमा मानवता किन हराउदै गएको छ । सम्झिए ! म एयपोर्ट पुग्दा मेरो बिरामी मलाई हेर्न नै नदिई, एकबचन नसोधी हस्पिटल तिर दगुराउनुको उदेश्य यस्तो पो रहेछ ! मनमनै सम्झिदै आशु झर्न थाले ।

मेरो छोरी प्रक्रुती मेरो लागी छोरी नभएर एउटा असल मित्र थि मेरो लागी उस्ले मलाई अङालोमा लिएर भनी ममी नरुनुहोस …अब जे गर्छु म मेरो ममीको आसु रोकिने र बाबाको आँखा खोल्ने काम गछु, भनी ।

रात पर्दै गयो, हररातमा मलाई रातले ब्युझाएर आफु सुतिरहन्थ्यो, म निन्द्राको आभास गर्न छोडिसकेको थिए, त्यो रात पनि उस्तै खानुन पिनुले हस्पिटलको बास भयो, मैले मेरो छारीलाई सोधे नानु अब के गर्ने, विकल्प केहि छ ?

छोरी : विकल्प बिनाको समस्या हुदैन ममी, छ विकल्प, अब बाबालाई इन्डिया लगेर उपचार गर्ने, आफैले खर्च गरेर ।

सम्पत्तिको नाममा मेरो एउटा नाकमा लगाएको फुलि बाहेक केहि थिएन, घर बनाएको बर्ष उसैत ऋिण, त्येसमाथी बिरामी घरमा ।

मैले छारीलाई दोहो¥याए ! नानु पैसा कसरी मिलाउने त ?

छोरी : ममी जतिसक्दो छिटो बाबालाई उपचार चाहिएको छ त्येसैले हजुरको नाममा भएको घर सहकारीमा राख्ने र पैसा निकाल्ने ।

मैले भने छोरी बैंकमा राख्दा सजिलो होइन र ?

छोरी : ममी बैंकमा प्रोसेस गर्दा ढिलो हुनसक्छ । हामीले त बाबालाई छिटो उपचार गर्नु छ, ममि बाबा बाच्नु भयो भने घरको चिन्ता नगर्नुहोस, म छु हजुरहरुको साथमा भनी छोरील ।
कहिल्यै घर छोडेर बाहिर नहिडेको मान्छे । म छोरी अल्लारे एउटा जिउँदो लाश लिएर इन्डिया पुग्दा के होला मेरो हालत जस्तो लाग्यो र बानेश्वरमा मेरो एकजना फुपुको घर थियोे उहाँको छोरा बिकाश बैंकमा काम ग¥थ्र्यो केहि सहयोग मिल्छकी भनेर उहाँलाई फोन गर्न अनुरोध गरे छोरीलाई तर छोरीले मान्दै मानिन ।

कहिले काही मलाई फुपुले बोलाउनुहुन्थ्यो, म जान्थे, तर उनीहरु अलि उच्च खानदानका हुनाले हामीलाई त्येती वास्ता नगरेको जस्तो लाग्थ्यो । जव छोरी बुझ्ने भै अनि उहाँहरुकोमा जानै दिईन मलाइ । फुपु बुढी हुदै जानु भा थिया । कहिलेकाही फोन गरेर रुनु हुन्थ्यो । आईजो न, तेरो म मेरो त बाहेक को छर भनेर तर मेरो छोरी जहाँ कदर हुदैन त्यहाँ किन जाने ममी भनेर रोक्थी ।

हुननि त्येस्तै थियोे, फुपुको नि कोही थिएन । मैले छोरी जन्माउदा छोरा भएको भए पो भनेर ओठ खुम्च्याउने मेरो फुपुको दुईवटा छोरा मात्र थिए । त्येहीनि कान्छो छोरा अमेरिका थियोे । जेठो यही थियो । मैले अन्तिम चोटी यस्तो मलाई दुःख पर्दा त कसो सहयोग नगर्लान त भनेर फोन गर ।

म : हेलो बिकाश
बिकाश : हजुर दिदि भन्नु त ?
म : बाबु म हस्पिटल छु
बिकाश : के भयो र दिदि ?
म : भिनाजु एक्सिडेन्ट् पर्नु भा
बिकाश : ए पिर नगर्नु ठिक हुन्छ भन्यो र आफै फोन काट्यो मैले केहि भन्न नपाउदै ।

एकैछिन पछि फेरि फोन गर्यो, मैले सोचे अघि बिजि भएर फोन काटेछ क्यारे त्येसैले गर्यो फोन रिशिभ गरे ।

म : हेलो बाबु
बिकाश : अह दिदि सुन्नु त म अहिले बिराटनगर तिर छु, घरमा आमा एक्लै हुनुहुन्छ, उहाँलाई फोन गरेर भिनाजु एक्सिडेन्ट् परेको कुरा नभन्नु ल उहाँलाई प्रेसर, सुगर छ ढल्न सक्नु हुन्छ, त्येसैले ल राखे भनेर फोन राख्यो ।

छोरी रिसले चुर हुदै म पटि हेरि र भन्न थाली अह ग¥र्यो होईन हजुर को फुपुको छोराले खुब ठुलो सहयोग ?

म चुपचाप बसे, भोलिपल्ट आफुले चिनजान गरेको अघि पनि कारोबार गरेको सहकारीमा गएर आफ्नो दुखेसो पोखे र घरको लालपुर्जा राखेर पैसाको चाजोपाजो मिलाउने काम भयो । एकचोटि उहाँको अफिसको बोसलाइ कुरा गरम भनेको भेट भएन फोन बाट कुरा गर्ने जमर्को ग¥र्यै, कुरा गर्दा उहाँले तपाईंहरुले उपचार गर्ने हो भने जहा लग्न सक्नुहुन्छ लैजानुहोस भन्नुभयो र हामीले हाम्रो सल्लाहकारी डाक्टरको सहयोगले उहाँलाई हस्पिटल बाट निकाल्न सफल भयौ र मैले उही डाक्टरलाई रुदै भने अब याहाँ बाट निकाल्न सहयोग गरेपछि कुन हस्पिटल लगेर उपचार गर्ने हो पु¥याईदिनु मेरो लागी बिन्ती छ । यति काम गर्दिनु होला भनेर हामी तिनै जाना ईन्डिया तिर लाग्यौ बिरामी लिएर ।

काम सोचे जस्तै भयो हस्पिटल पु¥याईयो उपचार सुरु भयो, सुरु सुरुमा मलाई त्येहाको भाषा नबुझेर एकदमै गार्हो भयो । अति राम्रो हस्पिटल, बिरामी कुरुवालाई सुबिधा, हस्पिटल भित्रको बाताबरण शान्त ।

मलाई बल्ल अलिअली मनमा आश पलाउन लाग्यो, साकारले अब उपचार पाउनुहुन्छ भनेर । त्यहाको डाक्टरले एकहप्तामा तपाईंको बिरामी बोल्नुहुन्छ भन्नुभएको थियोे मलाई । बस अब त्यो एक हप्ता कहिले बित्छ भन्ने मात्र थियोे । छोरी प्रक्रुती पनि अलि अलि खुशी हुदै थि । एकहप्ता त बित्यो तर साकारको बोलि आएन । उस्ले इसाराले आफनो मान्छे खोज्नु भयो भन्ने खबर आयो ।

अनि हामी आमा छोरी भेट्न गयौ । खासै परिवर्तन त केही भएको थिएन तर आखा चै खाल्नु भएको रहेछ । एकोहोरो हेरिरहनु भयो, छोरी बाबालाई देखेर डाको छोडेर रोइ । एकजना सिस्टरले छोरीलाई समातेर बाहिर ल्याउनु भयो, म हेरेको हेर्यै भए ।

डाक्टरले हुन्छ अब केही दिनमा बोल्नुहुन्छ । विशेष असर ज्यानमा हड्डिमा धेरै भएको छ । उहाँको टाउकोमा मस्तिष्कमा धेरै चोट छैन भन्नुभएको थियोे । सायद चाडै उपचार पाएको भए मेरो साकार बोलिसक्न ुहुन्थ्यो होला, जस्तो लाग्यो मलाई मनमनै ।

हामीलाई सहयोग गर्ने डाक्टरलाई मैले भगवान जस्तै मानेको थिए, उहाँले त्यहीबाट अन्त उपचार गर्नु भन्ने सुझाव नपाएको भए आजसम्म मेरो साकारले उपचार पाउनी रैनछ भन्ने सोचिरहे ।
उता घर राखेर ऋण लिएको छ, कसरी तिर्दै जाने होला अब कुनै बाटो छैन भन्ने चिन्ताले मनमा डेरा जमाईसकेको छ ।

इन्डिया लगेर उपचार गरेको १७ दिनपछि साकार बोल्नु भो रे भनेर हामीलाई भित्र उहाँ भएको ठाँउमा भेट्न जान अनुरोध गरियो, म त खुशीले उत्साहले हो कि के गरौ गरौ जस्तो भएर चिडिचिड पसिना आएर स्वास पनि हतारमा फेरिएको जस्तो भएर काप्न थाले छोरीले डोराएर भित्र लगी ।
साकारले ढोका बाट हामी भित्र पस्नासाथ भन्नुभयो, नानी म बाचे, मेरो छोरी तिमी बाबा बिनाको टुहुरो हुन परेन हेर त म ठिक भए भनेर ।

छोरीले बाबाको सबै अवस्था नियाली सकेकी थि तै पनि आफुलाई समाल्दै बाबालाई भनी
छोरी ः बाबा हजुरलाई ठिक भयो अब झनै पुरा नै निको भय पछि त मेरो बाबा पहिलेको जस्तै हिरो हुनुहुन्छ भनेर बाबाको हातमा समाई ।

मात्र बोलि खुलेको थियो । अह शरीर उठ्ने त कहिले हो कहिले भएको थियो । म केहि बोल्न सकिन तर यति सुन्न मन थियोे कि उहाँले नि सरु भनेर बोलाउनु हुन्छ भन्ने लागेको थियोे । अह किन हो बोलाउनु भएन । डाक्टरले उहाँलाई कालो चिया लेराएर खुवाउने आदेश दिनु भयो । छोरी चिया लिन निस्किन । मैले उहाँलाई त्येही बसेर हेरिरहे उहाँले अलि यता आउन भन्नुभयो । म नजिकै सरेर बसेको मात्र के थिए आफुलाई सम्माल्नै नसकेर रुन पुगेछु । उहाँले हेरिरहनु भयो केही बोल्नु भएन ।

नानिले चिया लेराएर खुवाए पछि उहाँले केहि खाउ जस्तो गर्नु भया । हामीले डाक्टरलाई सोध्यौ अब केहि खुवाउदा हुन्छ भनेर ?

डाक्टर : हुन्छ खुवाउन तर बिरामीलाई खाने कुरा यही हस्पिटलले टाईम हेरेर के खुवाउदा हुन्छ त्यही खुवाउछ । तपाईंहरुले चिन्ता गर्नु पर्दैन । अहिले उहाँलाई कुनै त्यस्तो ठोस कुरा खुवाउन मिल्दैन तर नआत्तिनु उहाँ ठिक हुनुहुन्छ अब भनेर निस्कनु भयो ।

अनि हामीलाई नि मनमा अलि उमङ्ग छाउदै आयो । छोरी मेरो एक मात्रै नजीकको साथी उ पनि अलि खुशी हुदै थि ।

इन्डियामा हस्पिटलको पनि बसाई लगभग ३४ दिन बितिसकेको थियो । त्यही दिन हामीलाई बिशेष हल्प गर्ने डाक्टर र गौरव उही हस्पिटल पुग्नु भएछ हामी अत्यन्तै खुशी भयौ ।

कहिल्यै गौरव सङ्ग नजीक भएर कुरा नगर्ने मेरो छोरीले समेत गौरवको तारिफ गरी र जिस्काएर भनी ।

छोरी : हाम्रो मायाले तपाईंलाई याहाँसम्म डो¥याएर लिएरआयो हैन त ?
गौरव : हो नी !

जसरी आकाश बिनाको धर्ती
नङ बिनाको माशु
ढुङ्गा बिनाको माटो
त्येसैगरी प्रकृती बिनाको गौरव

कहा अलग होला र भनेर उस्ले पनि जवाफ फर्कायो । धेरै नबोल्ने स्वोभावको मान्छे यसरी बोलेको देख्दा म नि दङ्ग परे । छोरी लजालु पाराले बाबाको नजीक ग । केही बोलिन, गौरव सङ्ग ।

भोलीपल्ट साकारलाई हस्पिटल बाट डिस्चार्ज गर्ने दिन थियोे । उहाँको दुबई खुट्टामा पाता राखिएको थियोे । ढाडमा अलिकति समस्या भएर त्यसको औषधी खुवाएको थिया । अरु सब ठिक हुदै थिया । बैसाखिको साहाराले बाहिर भित्र गर्नुहुन्थ्यो । बस्ने बेलामा समाएर बसाउनु पर्ने र उठ्दा उठाउनु पर्ने थियोे । त्यती हुदा नि मलाई उहाँ पुरा ठिक भएको अनुभुती भैरहेको थियोे ।

त्यही दिन उहाँले मेरो मोबाइल मागेर बिहान भरी आफ्ना आफन्त साथीहरूलाई फोन गरेर आफु ठिक भएको जानकारी गराउनु भया । उहाँको साथीहरू कुराकानी यस्तो थीयो, जवाफमा …

क्रमश …


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.