Nepal's No. 1 Digital Newspaper

राष्ट्रिय पर्व माघीलाई विदा दिन सरकारसँग थारु समुदायको माग

पुस २९ र माघ १ गते टँुडिखेलमा राष्ट्रिय माघी महोत्सव मनाउने
काठमाडौं, २७ पुष । थारु समुदायले माघ १ गतेलाई राष्ट्रिय पर्वको रुपमा विदा दिन नेपाल सरकारसँग माग गरेको छ । आइतबार थारु कल्याणकारिणी सभाले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी माघ १ गतेलाई राष्ट्रिय पर्वको रुपमा मनाउन र सार्वजनिक विदा दिन माग गरेको हो ।


काठमाडाको टुँडीखेलमा २०५९ सालदेखि माघीलाई नियमित मनाउँदै आएकोमा यस वर्ष पुस २९ र माघ १ गते तराई आदिवासी थारु समुदायले नयाँ वर्षको रुपमा माघी मनाउन लागेको मूल आयोजक समितिका उपसंयोजक कनुलाल चौधरीले जानकारी दिए ।
उनले भने,‘थारुको सबैभन्दा ठुलो चाड एवं नयाँ वर्ष पनि हो । माघी (माघ, तिलासंक्राईत, खिचरा, खिचरी) हरेक बर्ष मकर संक्रान्तिकै दिन पर्ने हुनाले यसलाई मकर संक्रान्ति पनि भन्ने गरिन्छ । माघ १ गतेलाई नेपाल सरकारले वि.सं.२०६४ सालदेखि राष्ट्रिय पर्व घोषणा गरी सार्वजनिक विदा दिदै आएकोमा गत बर्र्र्षबाट विदा कटौती गरेको छ । दुई दिनको सार्वजनिक विदा दिनुपर्ने थारु समुदायले माग गरे पनि एक दिन दिइने बिदा समेत कटौती गर्दा सरकारले थारु समुदाय माथि उपहास गरेको महसूस भएको छ । त्यसप्रति थारु समुदायको घोर आपत्ति छ ।’
यस्तै थारु कल्याण कारिणी सभाका महामन्त्री मिनराज चौधरीले थारुहरुको आवाज सरकारले सुन्दै नसुनेकाले थारुको आवाज सुनाउन माघीमार्फत आन्दोलनको रुपमा मनाउनु पर्नेमा जोड दिए । उनले भने,‘राज्यले थारुमाथि टीकापुर घटनापछि झनै कुदृष्टिले हेर्दै आएको छ । सोझा थारुमाथि राजबन्दीको आरोप लगाउँदै जेलमा हालेको छ । माननीय रेशम चौधरीलाई माननीयको प्रमाण पत्र र सपथ खु

Order Now: 98510-87891

एर आवाज थुनिएको छ । यसले एउटै देशमा दुई प्रकारको कानुन भएको भान हुन्छ ’।
उनले राज्यले एकै जनतालाई दुईवटा कानुन बनाएर कारबाही गर्दा थारुमाथि चरम विभेद भएको आरोप समेत लगाए । उनले भने,‘देशमा भ्रष्टाचार गर्ने, सरकारी सुविधा जग्गा हड्पनेहरु खुलेआम हिँड्दा कुनै कानुन लाग्दैन तर थारुहरुले अधिकार माग्दा गोली ठोकिन्छ । यो अन्याय र अत्याचार कहिलेसम्म रहन्छ ? मिडियाका साथीहरुले अब हाम्रो आवाज सबैलाई सुनाइदिनु प¥यो ।’
यस्तै थारु विद्यार्थी समाजका अध्यक्ष एवं माघी महोत्सवका उप–संयोजक चन्द्र प्रसाद चौधरीले यसपटक माघी पर्वका लागि १५० वटा स्टलहरुको व्यवस्थापन गरिएको जानकारी दिए । यस्तै, उनले स्टलहरु व्यवस्थापन र बुकिङ भइसकेकाले आफ्नो स्टल बुकिङ गर्नसमेत अनुरोध गरे ।
कार्यक्रममा थारु कल्याणकारीणि उपत्यका समितिका सभापति सुमन चौधरी, थारु महिला समाजकी सचिव अनिता चौधरी, थारु महिला सभाकी अध्यक्ष नीलम चौधरीलगायतले उक्त माघी पर्वको महत्वबारे प्रकाश पारेका थिए । उनीहरुले पनि उक्त पर्वको दिन राष्ट्रिय विदा दिन माग गरेका थिए ।
हालै काठमाडौंमा सम्पन्न १३औं दक्षिण एशियाली प्रतियोगिता (साग) मा विजेता भएका थारु समूदायका खेलाडीहरुलाई पनि उक्त दिवसको दिन सम्मान गरिने आयोजक समितिले जानकारी दिएको छ ।
जारी विज्ञप्तीमा भनिएको छ,‘थारु समुदायले माघी पर्वलाई ठाउँ अनुसार फरक फरक नामले समेत मनाउदै आएका छन् । पश्चिम दाङ, बाँके, बर्दिया, कैलाली र कंचनपुरमा माघ भनेर मनाउने चलन छ भने मध्य तराई जिल्ला रुपन्देही, कपिलबस्तु र नवलपरासीमा खिचरी र चितवनमा खिचरा मनाउने गरिन्छ । त्यस्तै पुर्वमा तिलासंक्राईत नामले माघ १ गतेलाई थारु समुदायले हर्सोउल्लासका साथ मनाउँछन् ।’


‘पूर्खाको आशीर्वाद, आफूभन्दा ठूलाको आदर र सानालाई माया गर्ने भावनाको विकास गर्ने यो पर्वको अर्को महत्व हो । बर्षभरिको दुःख सुख एक–आपसमा साटासाट गर्ने, मिठो मसिनो खाएर माघी पर्वलाई हर्षोउल्लासका साथ मनाईन्छ । माघी मकरसंक्रान्तिको दिन पर्ने भएकोले पनि यसलाई महत्वपुर्ण पर्वको रुपमा लिने गरिन्छ ।’–विज्ञप्तीमा भनिएको छ ।
पौष २९ र माघ १ गते टुँडिखेलमा मनाउने उक्त बर्षको माघी (माघ, तिलासंक्राईत, खिचरा, खिचरी ) महोत्सवको तयारी पुरा भएको छ । जस अनुसार पौष २८ गते विहान ८ बजे तिनकुनेबाट भृकुटिमण्डपसम्म मोटरसाईकल र्याली, २९ गते रक्तदान, फूटवल प्रतियोगिता,जीतामार्ने र सांगीतिक कार्यक्रम रहेको छ ।


माघ १ गते झाँकी ¥यालीप्रर्दशन थारु संस्कृति, भेष भूषा, बाजागाजा, संघ संस्थाको तूलब्यानर सहित बिहान १० बजे भृकुटीमण्डपबाट बृहतझाँकी ¥यालीप्रदर्शन गर्दै रत्नपार्क, सहिदगेट हुँदै काठमाडौं मल हुँदै टुँडीखेलमा आयोजना गरिएको मूल समारोहमा सरिक हुनेपनि आयोजकले जानकारी दिएको छ ।


त्यस्तै महोत्सवमा २ सय वटा स्टल रह्ने छ । जसमा थारु परिकारहरुको स्टल, भेषभुषा, कलासंस्कृति झल्किने विभिन्न समाग्रिको स्टल, थारु समुदायको ईतिहास बोकेका समाग्रीका साथै पुस्तक प्रदर्शनी समेत राखिने छ ।
कार्यक्रममा नेकपाका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री पुष्पकमल दाहालको प्रमुख आतिथ्यता रहने महोत्सवमा थारु समुदायको कलासंस्कृति झल्किने नाचगान पनि महोत्सवको आकर्षक रहने छ भने नेपाल थारु पत्रकार संघले प्रचारप्रसारको जिम्मा लिएको छ ।


तपाईको सूचना, हाम्रो समाचार

भ्रस्टाचार, अनियमितता सम्बन्धी र अन्य कुनै सूचना भिडियो तपाईसंग छ भने हामीलाई उपलब्ध गराउनुहोस र एउटा जिम्मेवार नागरिकको दायित्व पुरा गर्नुहोस ।“श्रोत गोप्य राखिने छ ।” [email protected]

Be the First to Advertise Us


Comments

comments

- Advertisement -

Leave A Reply

Your email address will not be published.